विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकोट । गत २०८३ भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको विदुर नगरपालिका वडा नं. १ स्थित ऐतिहासिक त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको भवन लगायत सम्पूर्ण जग्गा जमिन पूर्ण रूपमा क्षति भएको छ।

बाढीले पुर्याएको व्यापक भौतिक क्षतिपछि सोही परिसरमा विद्यालय पुनः सञ्चालन गर्न असम्भव बनेको छ। बाढीका कारण विद्यार्थीहरूको नियमित पठनपाठन लामो समयसम्म प्रभावित नहोस् भन्ने उद्देश्यले वैकल्पिक स्थानमा सिकाइ प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो।
विद्यार्थीहरूको पठनपाठनलाई क्रमशः सुचारु गर्न नगरपालिकाको वडा नं. ९ अन्तर्गत डिहीबजारमा रहेको सहरी विकास तथा भवन कार्यालयको जग्गासहितको भवन र जिल्ला खेलकुद विकास समिति नुवाकोटको जग्गा तथा भवन प्रयोग गरी अस्थायी सिकाइ केन्द्र (TLC) निर्माणका लागि अनुमति प्रदान गरिएको छ।

स्थानीय प्रशासन तथा सरोकारवालाहरूको यस निर्णयसँगै प्राकृतिक विपत्तिका कारण रोकिएको विद्यालयको पठनपाठन चाँडै सुरक्षित र व्यवस्थित वातावरणमा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया