आइसिसी टी–२० : पाकिस्तान सात विकेटले विजयी
नुवाकोट । आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजलाई पूर्वविजेता पाकिस्तानले सात विकेटले हराएको छ ।

पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन जोडेको थियो । लक्ष्य पछ्याएको पाकिस्तानले १५.३ ओभरमा तीन विकेट गुमाउँदै एक सय ३१ रन बनायो ।
पाकिस्तानको जितमा फाखर जमानले नटआउट ४६ रनको योगदान गरे । उनले २४ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए ।
वेस्ट इन्डिजको ब्याटिङमा कप्तान किरोन पोलार्डले १० बलमा पाँच चौकाको सहयोगमा २३ रन जोडे ।
यसैगरी, सिमोरान हेटमेयरले २४ बलमा २८ रन तथा क्रिस गेलले ३० बल सामना गरी २० रन मात्र जोडे ।
आयरल्यान्डले नेदरल्यान्ड्सलाई हरायो
आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आयरल्यान्डले नेदरल्यान्ड्समाथि सात विकेटको जित निकालेको छ ।
अबुधावी मैदानमा सोमबार पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा सबै विकेट गुमाएर एक सय ६ रनको झिनो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा आयरल्यान्डले १५.१ ओभरमा तीन विकेटको नोक्सानीमा एक सय सात रन बनायो ।
प्रतियोगिताअन्तर्गत पहिलो चरणको खेलमा आयरल्यान्डले महत्वपूर्ण दुई अंक बटुलेको छ ।
आयरल्यान्डको जितमा ओपनर पाउल स्ट्रर्लिङ तथा गेराथ डेलायले महत्वपूर्ण योगदान दिएका थिए । पाउलले ३९ बलमा समान एक चौका र छक्का प्रहार गरी ३० रनको नटआउट योगदान दिए । गेराथले सर्वाधिक ४४ रन बटुले । उनले २९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे ।
यसअघि नेदरल्यान्ड्सको ब्याटिङ कमजोर बनाउनमा आयरल्यान्डका कर्टिस क्याफेरले चार तथा मार्क अदैरले तीन विकेट लिएका थिए । मार्कले चार ओभरमा केवल नौ रन तथा कर्टिसले चार ओभरमा २६ रन खर्चे ।
दुवै बलरले घातक बलिङ गर्दा पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्स ९.५ ओभरमा ५१–६ को कमजोर अवस्थामा पुगेको थियो ।
नेदरल्यान्ड्सको कमजोर ब्याटिङमा ओपनर म्याक्स ओले सर्वाधिक ५१ रन बटुले । उनले ४७ बलमा सात चौका प्रहार गरेका थिए । यसैगरी, कप्तान पिटर सेलारले २९ बलमा २१ रन, लोगान भानले १२ बलमा ११ रन तथा कोलिनले १६ बलमा ११ रन बनाए ।
स्कटल्यान्डसँग बंगलादेश स्तब्ध
टी–२० विश्वकपअन्तर्गत आइतबार पहिलो चरणको समूह बीमा स्कटल्यान्डले बंगलादेशलाई ६ रनले स्तब्ध पारेको छ ।
स्कटल्यान्डले बंगलादेशसमक्ष एक सय ४१ रनको लक्ष्य दिएको थियो । बंगलादेशले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३४ रन मात्र जोड्न सक्यो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा





प्रतिक्रिया