आइसिसी टी–२० : पाकिस्तान सात विकेटले विजयी

विदुर खबर २०७८ कार्तिक २ गते ७:२१

नुवाकोट । आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजलाई पूर्वविजेता पाकिस्तानले सात विकेटले हराएको छ ।

Advertisement

पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन जोडेको थियो । लक्ष्य पछ्याएको पाकिस्तानले १५.३ ओभरमा तीन विकेट गुमाउँदै एक सय ३१ रन बनायो ।

पाकिस्तानको जितमा फाखर जमानले नटआउट ४६ रनको योगदान गरे । उनले २४ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए ।

Advertisement

वेस्ट इन्डिजको ब्याटिङमा कप्तान किरोन पोलार्डले १० बलमा पाँच चौकाको सहयोगमा २३ रन जोडे ।

यसैगरी, सिमोरान हेटमेयरले २४ बलमा २८ रन तथा क्रिस गेलले ३० बल सामना गरी २० रन मात्र जोडे । 

Advertisement

आयरल्यान्डले नेदरल्यान्ड्सलाई हरायो 
आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आयरल्यान्डले नेदरल्यान्ड्समाथि सात विकेटको जित निकालेको छ ।

अबुधावी मैदानमा सोमबार पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा सबै विकेट गुमाएर एक सय ६ रनको झिनो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा आयरल्यान्डले १५.१ ओभरमा तीन विकेटको नोक्सानीमा एक सय सात रन बनायो ।

प्रतियोगिताअन्तर्गत पहिलो चरणको खेलमा आयरल्यान्डले महत्वपूर्ण दुई अंक बटुलेको छ । 

आयरल्यान्डको जितमा ओपनर पाउल स्ट्रर्लिङ तथा गेराथ डेलायले महत्वपूर्ण योगदान दिएका थिए । पाउलले ३९ बलमा समान एक चौका र छक्का प्रहार गरी ३० रनको नटआउट योगदान दिए । गेराथले सर्वाधिक ४४ रन बटुले । उनले २९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । 

यसअघि नेदरल्यान्ड्सको ब्याटिङ कमजोर बनाउनमा आयरल्यान्डका कर्टिस क्याफेरले चार तथा मार्क अदैरले तीन विकेट लिएका थिए । मार्कले चार ओभरमा केवल नौ रन तथा कर्टिसले चार ओभरमा २६ रन खर्चे ।

दुवै बलरले घातक बलिङ गर्दा पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्स ९.५ ओभरमा ५१–६ को कमजोर अवस्थामा पुगेको थियो । 

नेदरल्यान्ड्सको कमजोर ब्याटिङमा ओपनर म्याक्स ओले सर्वाधिक ५१ रन बटुले । उनले ४७ बलमा सात चौका प्रहार गरेका थिए । यसैगरी, कप्तान पिटर सेलारले २९ बलमा २१ रन, लोगान भानले १२ बलमा ११ रन तथा कोलिनले १६ बलमा ११ रन बनाए । 

स्कटल्यान्डसँग बंगलादेश स्तब्ध
टी–२० विश्वकपअन्तर्गत आइतबार पहिलो चरणको समूह बीमा स्कटल्यान्डले बंगलादेशलाई ६ रनले स्तब्ध पारेको छ ।

स्कटल्यान्डले बंगलादेशसमक्ष एक सय ४१ रनको लक्ष्य दिएको थियो । बंगलादेशले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३४ रन मात्र जोड्न सक्यो । 

प्रतिक्रिया