विश्वकप क्रिकेटःपाकिस्तान र अफगानिस्तान प्रतिस्पर्धा गर्दै
नुवाकोट असार १४, आईसीसी विश्वकप अन्तर्गत शनिबार हुने पहिलो खेलमा पाकिस्तान र अफगानिस्तान प्रतिस्पर्धा गर्दैछन् । आजको खेलमा पाकिस्तान विजयी हुँदै सेमिफाइनलको यात्रा बलियो बनाउन चाहन्छ भने अफगानिस्तान पहिलो जितको खोजीमा रहनेछ ।
विश्वकपमा सहभागिता जनाउनु अघि नौवटा प्रतिद्वन्द्वी मध्ये कम्तीमा दुई वटा टिमलाई हराउने लक्ष्यका साथ इंग्ल्याण्ड आएको अफगानिस्तानले सात खेल खेलिसक्यो । तर उसले एउटा पनि खेल जित्न सकेको छैन ।
न त अफगानिस्तानको कुनै खेलमा वर्षा नै भयो । एक अंक पनि जोड्न नसकेको अफगानिस्तान तालिकाको पुछारमा छ र विश्वकपको सेमिफाइनलमा नपुग्ने निश्चित नै भइसक्यो । यो विश्वकपमा खासै राम्रो खेल्न नसकेको अफगानिस्तानले भारतलाई भने कडा टक्कर दिएको थियो ।
आजको खेलमा अफगानिस्तानले छिमेकी देश पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल लिड्समा नेपाली समय अनुसार सवा तीन बजे सुरु हुनेछ । छिमेकी हुने बित्तिकै यो प्रतिस्पर्धा जित–हारमा मात्र सीमित हुनेछैन । यो खेलमा दुई छिमेकीको प्रतिष्ठा पनि जोडिएको हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया