लाङटाङ हाफ म्याराथनकाे उपाधि कुलुङले जिते

रसुवा । लाङटाङ हाफ म्याराथनकाे उपाधि सोलुखम्बुका मिलन कुलुङले जितेका छन् ।

लाङटाङको क्यान्जिन देखि स्याफ्रुबेसि सम्मकाे ३२ किलोमिटर लामो लाङटाङ हाफ म्याराथन काे उपाधि कुलुङले हात पारेका हुन । उक्त हाफ म्याराथनमा विशाल राई दोस्रो, अर्जुन कुलुङ राई तेस्रो भएकाे रसुवा नुवाकाेट पर्यटन समाजले बताएकाे छ । तेस्तै कृष्ण सिं बोगटि चौथो र गोपाल तामाङ पाँचौ भएका थिए ।
महिला तर्फ सुनसरी रोकाया प्रथम लाक्पा निमा शेर्पा दाेस्राे र निर्मला राई तेस्राे भएकी छिन् । यस्तै चौथो आङपुर्बा शेर्पा र पाँचौ प्रिया राई भएको समाजका अध्यक्ष बलराम न्याैपानेले बताए । तेस्राे पर्यटकीय पदमार्ग रहेको लाङ्टाङ क्षेत्रकाे पर्यटन प्रबर्द्धन तथा प्रचार प्रसार गर्ने उदेश्य ले लाङटाङ हाफ म्याराथन आयोजना गरिएकाे हाे ।
प्रतियाेगिताकाे अायाेजना रसुवा नुवाकोट पर्यटन समाजले गरेकाे हाे । प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरि ६७ जनाले सहभागिता जनाएका थिए । म्याराथनमा प्रथम द्वत्तिय र तृतिय हुने प्रतियोगिलाई क्रमशः एक लाख, पच्चतर हजार र पचास हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी चौथो र पाँचौ हुने प्रतियोगीले क्रमशः पच्चिस हजार तथा पन्ध्र हजार रुपैयाँ पाउने छन् । लाङटाङ ट्रेल रन प्रतियोगिता सहभागी महिला तथा पुरुष दुवैलाई समान पुरस्कारको ब्यवस्था गरिएको छ
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया