त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
नुवाकोट । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोट जिल्लामा हालसम्म २०६ जनाको शव निकालिएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बरामद गरिएका शवमध्ये ९८ जनाको मात्रै सनाखत हुन सकेको छ भने १०६ जनाको पहिचान अझै खुल्न सकेको छैन।
पहिचान खुलेका शवहरूमा ५० जना पुरुष र ४८ जना महिला रहेका छन्। पहिचान हुन नसकेका र क्षतविक्षत अवस्थामा रहेका शवहरूको पहिचानका लागि आवश्यक प्रक्रिया तथा डिएनए (DNA) नमुना संकलनको कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।
बाढीका कारण जिल्लाभर ६६ जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पताल तथा काठमाडौँका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
यस्तै, बाढीका कारण हालसम्म २ हजार ७ सय २३ जना बेपत्ता रहेको प्रहरीको तथ्याङ्क छ।

नदी तटीय क्षेत्र, जलविद्युत् आयोजना स्थल तथा प्रभावित बस्तीहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














कांग्रेसका नेता पाण्डेद्वारा सक्रिय राजनीतिबाट विश्रामको घोषणा
वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक





प्रतिक्रिया