प्रथम रसुवा नेकोस कप भलिबलको उपाधि नौकुण्ड युवा समाजलाई

विदुर खबर २०८० फागुन ३० गते २१:३७

रसुवा । प्रथम रसुवा नेकोस कप खुल्ला जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि नौकुण्ड युवा समाजले हात पारेको छ ।

Advertisement

ग्याल्बो ल्होछारको अवसरमा कालिका हिमालय माविको खेलमैदानमा भएको भलिबल खेलमा नेकोस आयोजक टिम दोस्रो भएको छ । तृतीय पुरस्कार ज्याङलाङ युवा समूह पाएको छ ।

नेपाल पुलिस क्लब सहित २० वटा टिम सहभागी प्रतियोगिताको प्रथमलाई ७७ हजार ७ सय ७७ रूपैयाँ का साथै मेडल, प्रमाणपत्र र ट्रफि प्रदान गरेका छन् । त्यस्तै दोस्रोलाई ४४ हजार ४ सय ४४ रुपैयाँ प्रमाणपत्र र ट्रफि र तृतीय हुनेलाई २२ हजार २ सय २२ रुपैयाँ र प्रमाणपत्र र ट्रफि प्रदान गरिएको थियो ।

Advertisement

प्रतियोगितामा उत्कृष्ट खेलाडी नितेस लोप्चन, अनुशासित खेलाडी प्रकाश वाइवा, उत्कृष्ट स्पाईकर सुजन ग्यामदान, उत्कृष्ट ब्लकर राजकुमार नेगी, उत्कृष्ट डिफेन्डर प्रविन शेर्पा, उत्कृष्ट लिफ्टर, म्यान अफ दि म्याच नितेस र उत्कृष्ट कोच शीला स्याङवालगायतलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

साथै क्वार्टर फाइनलदेखि म्याच अफ दी म्याचलाई पनि ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजक नेकोस रसुवाका अध्यक्ष विराज तामाङले बताए ।

Advertisement

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रसुवाको प्रतिनिधित्व गरी पदक बिजेताहरुलाइ पनि सम्मान गरिएको थियो । साथै मिस तामाङमा तेस्रो रनर अप प्रतियोगी पेमा डोल्मा तामाङलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया