विदुर मेयर कप फुटवल : शिवपुरीको विजयी शुरुवात, किस्पाङ वाहिरियो

विदुर खबर २०८० माघ १५ गते १४:४७

नुवाकोट । नुवाकोटको बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा किस्पाङ गाउँपालिकालई पराजित गरि शिवपुरी गाउँपालिकाले प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा केही वेरअघि सम्पन्न भएको खेलमा शिवपुरी गाउँपालिकाले किस्पाङ गाउँपालिकालाई ३÷१ गोल अन्तरले पराजित गरेको हो ।

शिवपुरीको लागि पहिलो गोल खेलको २२ औ मिनेटमा अनिष क्षेत्रीले गरेका थिए । त्यस्तै किस्पाङले खेलको ५६ औ मिनेटमा एक गोल फर्काएको थिए ।

Advertisement

शिवपुरीको लागि थप गोल अनिल थापा र मोहन तामाङले गरेका थिए । निकै प्रतिष्पर्धात्मक बनेको खेलमा त्यसपछि कुनै टिमले गोल गर्न सकेनन र शिवपुरी गाउँपालिका ३÷१ गोल अन्तरले विजयी भयो । शिवपुरी गाउँपालिका तीन अंकका साथ समुह बि को पहिलो स्थानमा उक्लिएको छ भने एक हार र एक बरावरी व्यहोरेको किस्पाङ गाउँपालिका प्रतियोगिताबाट वाहिरिएको छ ।

सुमह सि अन्र्तगत अहिले केहीवेरमा म्यागङ गाउँपालिका र तादी गाउँपालिकाविच प्रतिष्पर्धा हुने छ ।

Advertisement

प्रतियोगिताको बिजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोकजक विदुर नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा नुवाकोटका दुई नगरपालिका र ८ गाउँपालिकासहित १० टोलिले सहभागिता जनाएका छन् । प्रतियोगिता यहि माघ २० गतेसम्म संचालन हुने छ ।

प्रतिक्रिया