भूमि आयोग रसुवाको संयोजकमा तामाङ

विदुर खबर २०७८ चैत २३ गते २१:०५

रसुवा । राष्ट्रिय भूमि आयोग जिल्ला समिति रसुवाको संयोजकमा लामा कार्पु तामाङ नियुक्त भएका छन् ।  हालै सरकारले तामाङलाई संयोजकमा नियुक्त गरेको हो । 

Advertisement

जिल्लास्थित वन, मालपोत र नापी कार्यालय प्रदेश सदस्य रहने व्यवस्था छ । वडा तहसम्मका जनप्रतिनिधि र कर्मचारी परिचालन गरेर सुकुम्बासीको खोजी गर्ने प्रावधान छ । उनी नेपाली कांग्रेस रसुवाका पूर्व सभापति समेत हुन् । 

नेपाल सरकारले नियुक्त गरेको कम्तीमा ३ जना विज्ञ भूमि व्यवस्थापन, कानून र जग्गा नापजाँच क्षेत्रसँग सम्बन्धित एक जना सदस्य गरेर ६ जना सदस्य नियुक्त गर्दा र जिल्ला समितिमा नेपाल सरकारले एक जना विज्ञसहित ३ जना सदस्य नियुक्त गर्दा कम्तीमा स्नातक तह उत्तीर्ण गरी भूमि व्यवस्थापन, कानून वा जग्गा नापजाँचको क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

Advertisement

जिल्ला समितिको अध्यक्ष पदका लागि भूमि अधिकार, भूमि व्यवस्थापन वा जग्गा नाप जाँचको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव भएको हुनुपर्ने र विज्ञ सदस्य बाहेकका अन्य सदस्य पदका लागि भूमि अधिकार, भूमि व्यवस्थापन तथा जग्गा नापजाँचको क्षेत्रमा कम्तीमा ७ वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस बाहेकका अन्य सदस्य पदका लागि भने कम्तीमा स्नातक तह उत्तीर्ण गरी भूमि अधिकार, भूमि, व्यवस्थापन वा जग्गा नापजाँचको क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

Advertisement

तर फेरि यो दफा प्रारम्भ हुदाँका बखत आयोगको अध्यक्ष, उपाध्यक्ष तथा सदस्य र जिल्ला समितिको अध्यक्ष तथा सदस्यको पदमा कार्यरत व्यक्तिको हकमा यो व्यवस्था लागू नहुने भनिएको छ ।

प्रतिक्रिया