अण्डर १९ क्रिकेट प्रतियोगिताको लागि नुवाकोटको टोली घोषणा

विदुर खबर २०७८ कार्तिक २६ गते २१:४०

नुवाकोट । काठमाण्डौमा हुने वाई वाई अण्डर–१९ क्रिकेट प्रतियोगिताको लागि नुवाकोटको १८ सदस्यीय टिमको घोषणा गरिएको छ ।

Advertisement

नुवाकोट क्रिकेट संघले छनौट प्रतियोगिता गरि अन्तिम १८ जना खेलाडीको घोषणा गरेको हो ।

घोषणा गरिएको टोलीको कप्तानमा अमिक कुमाल शेरचन रहेका छन भने उपकप्तानमा आयुस बस्नेत रहेका छन ।

Advertisement

टोलीका अन्य सदस्यहरुमा पवन राई, अमृत थापा, हैदर अली, अश्विन न्यौपाने, अशोक पौडेल र दिनेश सुवेदी रहेको क्रिकेट संघ नुवाकोटका सचिव करन खतिवडाले जानकारी दिए ।

यस्तै टोलीको अन्य खेलाडीहरुमा अर्जन सिंखडा, दिपेश कुमाल, कुशल नेपाली, रुपेश भुजेल र रोहन विश्वकर्मा रहेका छन् ।

Advertisement

यस्तै टोलीको बैकल्पिक खेलाडीको रुपमा रोजल राउत, सनिम मिँया, रिजन ढकाल र आश्रय अधिकारी रहेका छन ।

टोलीको प्रशिक्षकमा राजेश रिमाल छन भने टिम मेनेजरको रुपमा दिपेन्द्र प्याकुरेल रहेका छन् । त्यस्तै टिम मेन्टरको रुपमा दिनेश चित्रकार रहेका छन् ।

छनौट भएका खेलाडीहरुले बाग्मति प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०२२ मा वेस्ट ईण्डिजमा अण्डर १९ पुरूष विश्व कपको छनोट खेल गर्दैछ ।

त्यो भन्दा पहिला यू १९ एसिया कप डिसेम्बर अन्तिम देखि हुँदैछ । त्यसको लागि नेपाल क्रिकेट संघ क्यानले यू – १९ राष्ट्रिय प्रातियोगिता गर्न लागेका हो । प्रतियोगितामा उच्च प्रदर्शन गर्ने खेलाडीहरु राष्ट्रिय टिममा पर्नेछन ।

प्रतिक्रिया