मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- असफल हुने छुट छैन !

विदुर खबर २०७४ चैत ७ गते १०:५४

काठमाडौं ७ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश प्रदेशबीच प्रतिस्पर्धा हुने गरि काम गर्न मुख्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
सात वटै प्रदेशका मुख्यमन्त्रीलाई बुधवार सिंहदरवारमा निर्देशन दिदैं प्रधानमन्त्री ओलीले असफल हुने छूट नरहेको बताएका हुन् ।
‘प्रदेश प्रदेशको बीचमा प्रतिस्पर्धा हुने गरि काम गर्नुहोस्, असफल हुने छुट छैन’ ओलीले भने, ‘दीगो विकास लक्ष्य पूरा हुने गरि काम गर्नुस् ।’
छलफलमा सातवटै प्रदेशका मुख्यमन्त्री, सरकारका मन्त्रीहरु र सचिवहरु थिए । नवनिर्विाचित मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्रीले पहिलो पटक निर्देशन दिएका हुन् ।

Advertisement

प्रतिक्रिया