कांग्रेस सहमहामन्त्री खुला खस आर्यतर्फ आचार्य विजयी

विदुर खबर २०८३ असोज ३० गते ७:५८

नुवाकोट । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुला खस आर्यतर्फ मनोजमणि आचार्य विजयी भएका छन्।

Advertisement

आचार्यले निकटतम् प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४९३ मतान्तरले पराजित गरेका हुन्।

 मतपरिणामअनुसार आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दा केसीले २ हजार १५५ मत पाएका छन्।

Advertisement

त्यस्तै, दिनेश कोइरालाले १ हजार २४६ र भूमिराज बस्नेतले ५३५ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया