धादिङको तरकारी कतारमा पुग्न थाल्याे
नुवाकाेट । कृषि प्रधान देश भएर पनि कृषि उत्पादन आत्मनिर्भर हुन नकसेको अवस्थामा धादिङका कृषकहरुले उत्पादन गरेको तरकारी विदेशको स्टार होटलका रेष्टुरेन्ट र रिसोर्टमा पुग्न थालेको खबर सुन्दा अनौठो लाग्न सक्छ तर धादिङका किसानहरुको मेहनत र पसिनाबाट उत्पादित तरकारी विदेशी होटलको खानाको मेनुमा पुग्न थालेपछि कृषकहरु उत्साही भएका छन् ।

अहिले धादिङको तरकारी कतारको रेष्टुरेन्टको मेनुमा समाबेश हुनुमा आँकुरा कृषि तथा पशुपंक्षी सहकारी संस्था लिमिटेड नीलकण्ठ ८ ले संयोजन गरेको छ ।
किसानहरुले गाउँमा उत्पादन गरेको फर्सिको मुन्टा, घिरौँला, लौका, सिमी, अकबरे खुर्सानी लगायत किसानले टिपेको २४ घण्टामा कतारको रेस्टुरेन्टमा पुग्न थालेकोपछि धादिङका किसानहरु हौसिएका छन् । खनियाबास गाउँपालिकाले झार्लाङ लगायतका क्षेत्रलाई अकबरे (डल्ले) खुर्सानी उत्पादनको क्षेत्र बनाएर व्यावसायिक खेती सुरु गरेको २ वर्ष भयो ।
१३०० मिटर र सो भन्दा माथिको क्षेत्रमा व्यावसायिक रुपमा ३ वर्षअघिदेखि अकबरे डल्ले खुसानस् रोप्न थालिएो हो यस वर्ष धेरै उत्पादन दिएको छ , खनियाबासले मात्र यस वर्ष ८-१० करोड डल्ले खुर्सानीबाट आम्दानी लिन्छ भन्ने अनुमान छ । खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले भने ।
खनियाबासमा स्थानीय सरकारले स्थानीय आम्दानी र समृद्धिका लागि गरेको लगानीले उत्पादन गरेको खुर्सानी सहित जिल्लाका विभिन्न भागबाट उत्पादन गरेको तरकारी विदेश निर्यात भएपछि व्यवसायिकतातर्फ किसानलाई आकर्षण बढेको व्यवसायक खेती र आँकुरा कृषि सहकारीमा सहयोगिको भूमिकामा रहनुभएका विष्णुहरी लम्सालले बताए ।
विषाधीरहित तरकारी किसानले टिपेर ल्याउने छन् । यसलाई विदेश निर्यातका लागि सहकारीमा ग्रेडिङ गरिने छ । त्यसपछि तरकारी नविग्रनेगरि पेपरमा बेरेर प्याक गरिएपछि कतार तरकारी पठाउने एजेन्टकोमा पठाइने छ । एजेन्ट मार्फत २४ घण्टाभित्र कतारको बजारबाट होटल र रेस्टुरेन्टमा तरकारी पुग्ने छ । सहकारीमा स्थापनादेखि क्रियाशील नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताए ।
सहकारीले सबै किसिमका तरकारी संकलन गर्छ । विचौलियाबिना सहकारीले खरिद गर्ने र मूख्य बजारहरुमा बिक्री गर्ने योजना सहित काम सुरु गरेको र अहिले किसानहरुले सहकारी मार्फत बिक्री आम्दानी गर्ने अवसर पाएको वडा अध्यक्ष श्रेष्ठको भनाइ छ ।
आँकुरा कृषि तथा पशुपंक्षी सहकारीले यस वर्ष करिब १५ टन तरकारी १२ लाख बराबरको कतार पठाइसकेको छ ।
यतिखेर अकबरे खुर्सानी सबैभन्दा बढीमूल्यको कतार निर्यात भइरहेको छ । सहकारीमा अकबरे खुर्सानी धेरै आएको समयमा सहकारीले यसलाई ड्रायर गरेर सुकाइने छ र पछि मागको आधारमा बजारमा पठाइनेगरि प्याकिङ र ब्राण्डिङ गरेर बजार व्यवस्थापन गरिने सहकारीले जनाएको छ ।
आँकुरा कृषि तथा पशुपंक्षी सहकारीलाई संघीय सरकार, नीलकण्ठ नगरपालिका र हेफर इन्टरनेशनलले सहयोग उपलब्ध गराएपछि किसानलाई व्यावसायिक बनाउने र तरकारी उत्पादनले आम्दानी गर्न सिकाउने गरेको छ ।
नीलकण्ठ नगरपालिकाले भवन बनाउन २ करोड ३४ लाख, संघीय सरकारले ३९ लाख ७५ हजार र नीलकण्ठ र हेफर इन्टरनेशनलले स्थानीइ एक्सन नेपालमार्फत ड्रायर मेसिन, ग्रेडिङ टेबल चिस्यान केन्द्रको आवश्यक पूर्वाधार, अन्य मेसिन तथा उपकरण उपलब्ध गराएको छ ।

केही समयमै तरकारीको विषादी मापन गर्ने र त्यसलाई विषादी रहित बनाउने “वजन वास” मेसिन उपलब्ध गराएपछि सफा र अर्गानीक तरकारी उपभोक्ताले पाउनेगरि व्यवस्थापन हुने सहकारीका कृष्ण कोइरालाले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया