नेपाल चेम्बर अफ कमर्सद्वारा ५ छात्रालाई छात्रवृत्ति प्रदान

विदुर खबर २०७६ असोज ७ गते १४:१८

नुवाकोट । नेपाल चेम्बर अफ कमर्सले ५ जना छात्रालाई स्नातक तह अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ।

Advertisement

छात्रवृत्तिमा परेका छात्राहरुमा अनु पौडेल, मेनुका गुरुङ, सुप्रिया ठाकुर, अन्वेषा खड्का, र कृस्टिना श्रेष्ठ रहेका छन्। छात्रवृत्ति प्राप्त गरेका छात्राहरुले एपियुसँग आबद्ध एलबिइएफ (लर्डबुद्ध) क्याम्पस मैतिदेवीमा स्नातक तह पढ्न पाउनेछन्। छात्रवृति पाएका विद्यार्थीहरुले ३ वर्षको अवधिभर ६ लाख ६५ हजार रुपैयाँ बराबरको अध्ययन शुल्क प्राप्त गरेका हुन्। आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट वञ्चित भएका मेहनती तथा जेहेन्दार छात्रालाई निःशुल्क पढ्ने वातावरण बनाई उनीहरुलाई रोजगारमुखी शिक्षा प्रदान गर्नु छात्रवृतिको प्रमुख उद्देश्य रहेको चेम्बर अफ कसर्मले जनाएको छ।

प्रतिक्रिया