माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
नुवाकाेट । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार अघिल्लो आर्थिक वर्ष नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्ष नाफामा पुगेको छ।
गत आर्थिक वर्षको अन्तयसम्ममा कम्पनीले ११ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष कम्पनी ६८ लाख ३७ हजार रुपैयाँ नोक्सानीमा थियो।
विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनी नाफामा पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २३.३४ प्रतिशत बढेर ४३ करोड ११ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ३०.३४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५१.१३ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तयि खर्च भने २१.४० प्रतिशत घटेको छ।

कम्पनी नाफामा पुगेसँगै प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ६८ पैसा ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर आम्दानी, गत आर्थिक वर्ष ११ रुपैयाँ १३ पैसा धनात्मक भएको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ५७ पैसा पुगेको छ।
१ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५७ लाख १५ हजार रुपैयाँ सञ्चित छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया