पेट्रोलियम पदार्थको मूल्य बढ्यो
विदुर खबर
२०८३ साउन १८ गते ७:४८
नुवाकोट । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।

नेपाल आयल निगमले आईतवार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ , डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो ।

योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ ।

एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














एकैदिन सुनको मूल्य तोलामा ८ हजार २ सय घट्यो
विदुरमा बाढी प्रभावितको पुनर्स्थापना सुरु : स्थायी आवास निर्माणका लागि निवेदन आह्वान
नेपाली कांग्रेस नुवाकोटको जिल्ला अधिवेशन स्थगित
कुमलटारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
नेपालमा आजदेखि वर्षा र हिमपात, सतर्क रहन अपिल





प्रतिक्रिया