इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने

विदुर खबर २०८३ भदौ ३० गते २१:३३

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १ स्थित इन्द्रायणीचौरबाट साविक त्रिशूली बसपार्क जोड्ने गरी जिपलाइन सेवा सञ्चालनमा आएको छ।

Advertisement

आजैदेखि सुचारु भएको यस जिपलाइनका माध्यमबाट अब करिब ३० देखि ३५ सेकेन्डमै नदी वारपार गर्न सकिने भएको छ।

पुल निर्माण नभएसम्म तथा अन्य वैकल्पिक आवतजावतको स्थायी व्यवस्था नहुन्जेलका लागि यो सेवा निरन्तर सञ्चालनमा रहने व्यवस्था मिलाइएको छ। एक पटकमा एक जनाले यात्रा गर्न सक्ने गरी तयार पारिएको यस प्रविधिले स्थानीयलाई नदी वारपार गर्न ठूलो राहत पुर्‍याउने अपेक्षा गरिएको छ।

Advertisement

विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको विशेष आग्रहमा दरबार एड्भेन्चर जिपलाइन लज, नुवाकोटले आवश्यक प्राविधिक सहयोग तथा सहजीकरण प्रदान गरेपछि यो सेवा सम्भव भएको हो।

प्रतिक्रिया