यू–१५ पुरुष साफ च्याम्पियनसिपमा नेपालको पहिलो जित

विदुर खबर २०७६ भदौ ६ गते १९:३९

नुवाकोट, भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित निकालेको छ ।

Advertisement

भारतको कल्याणीमा शुक्रबार भएको खेलमा श्रीलंकालाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । खेलमा नेपाललाई जित दिलाउन शशांक बोहोरा र अशिम राईले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४६ औं मिनेटमा शशांकले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३ औं मिनेटमा अशिमले गोल गर्दै नेपाललाई २-० को जित दिलाए । जितसँगै नेपालले २ खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा नेपाल भारतसँग ५-० गोल अन्तरले पराजित भएको थियो ।

 

Advertisement

अब नेपालले तेस्रो खेलमा मंगलबार बंगलादेश र अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

 

Advertisement

प्रतिक्रिया