रसुवामा छड्के : कार्यालयमा न प्रमुख, न कर्मचारी
रसुवा,रसुवामा अधिकांश सरकारी कर्मचारी कार्यालयमा नबस्ने गरेको फेला परेको छ। पाँच गाउँपालिका रहेको रसुवाको धुन्चेस्थित अधिकांश सरकारी कार्यालयमा कार्यालय प्रमुख अनुपस्थित हुने गरेको पाइएको हो।
जिल्ला प्रशासन कार्यालय रसुवाले आइतबार सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराइको नेतृत्वमा स्थलगत छड्के जाँच गर्दा अधिकांश कार्यालयमा कर्मचारी नभेटिएका हुन्। एकैपटक आठवटा कार्यालयमा छड्के अनुसगमन गर्ने क्रममा अधिकांश कर्मचारी नभेटिएका हुन्। छड्के अनुगमनका क्रममा ६ जना कार्यालय प्रमुख र ४६ जना कर्मचारी अनुपस्थित भएका थिए। ३ जना कर्मचारीले सरकारद्वारा तोकिएको पोशाक लगाएका थिएनन्।
कृषि ज्ञान केन्द्रको कार्यालय बन्द अवस्थामा रहेको सहायक प्रजिअ भट्टराइले बताइन्। प्रदेश अन्तर्गतका डिभिजन वन, रसुवा जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, घरेलु तथा सना उद्योग विकास समितिका कार्यालयमा छड्के जाँच गरिएको हो।अधिकांश कार्यालयका कर्मचारीले बिदा स्वीकृत नगराई अनुपस्थित भएकासमेत देखिएकाले आवश्यक विभागीय कारबाही प्रक्रिया अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिइन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की
नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट
‘उज्यालो नेपाल’ को चुनावी यात्रा प्रारम्भ
रसुवामा ट्राफिक कारबाही तीव्र, ४ सय ७३ कारबाहीमा
एकैदिन सुनको भाउ तोलामा साढे २० हजार बढ्यो





प्रतिक्रिया