रसुवामा विद्युत् खपत घट्यो
विदुर खबर
२०७६ साउन २९ गते ८:०५

रसुवा, रसुवामा विद्युत् खपत घटेको छ । आर्थिक वर्ष २०७४÷७५ को तुलनामा आर्थिक वर्ष २०७५÷७६ मा १७ लाख ४२ हजार युनिट विद्युत् घटेको हो ।
नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा १ करोड २६ लाख ३८ हजार युनिट विद्युत् बिक्री भएको थियो । जसबाट एक करोड १५ लाख १३ हजार रुपयाँ रकम सङ्कलन गरेको थियो ।
आर्थिक वर्ष २०७५÷७६ मा १ करोड ८ लाख ९६ हजार युनिट विद्युत् मात्रै बिक्री भएको छ । जसबाट १ करोड २ लाख ७ हजार रुपयाँ सङ्कलन भएको छ । रसुवागढी जलविद्युत् आयोजनाको खपत युनिट घटेकाले जिल्लाको खपत युनिट पनि घटेको केन्द्र प्रमुख कृष्णहरि दाहालले बताउनुभयो । जिल्लामा ८ हजार २ सय १८ ग्राहक रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया