बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेट । गत भदौं १० गतेको भोटेकाशी बाढीका कारण प्रभावित बिदुर नगरपालिका वडा नम्वर ५ का नागरिकहरुलाई नुवाकोट रेडक्रस सोसाईटी मार्फत नगद सहयोग उपलब्ध गराईएको छ ।

रेडक्रसको बहुद्धेश्यीय नगद सहायता कार्यक्रम अन्तर्गत दुईसय ५७ जना प्रभावितहरुलाई नगद सहायता उपलब्ध गराईएको हो । यस अन्तर्गत मृतकका परिवार, बेपत्ता भएकाका परिवार र घर पूर्ण र घरमा बस्ने अवस्था नरहेका परिवारलाई १५ हजार रुपैयाँका दरले नगद सहायता उपलब्ध गराईएको नुवाकोट रेडक्रसले जनाएको छ ।
विदुर नगरपालिका वडा नम्वर ५ को कार्यालयमा भएको कार्यक्रमका विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, बिदुर ५ का वडा अध्यक्ष लिलानाथ न्यौपाने, नगद रकम बितरणका लागि सहयोगी संस्था ईन्टरनेशनल फेडेरेशन अफ रेडक्रस -आईसिआरसी) का क्षेत्रीय प्रतिनिधि अलेकजेण्डर म्याथ्यु र नुवाकोट रेडक्रसका सभापति हरी श्रेष्ठले एकसय ६ जना प्रभावित हरुलाई नगद सहायता बितरण गरे ।
रेडक्रसका अनुसार कूल प्रभावित दुईसय ८७ जना मध्ये एकसय ५१ जनालाई बैंक खाता मार्फत नगद उपलब्ध गराईएको छ भने बाँकी ३० जनालाई वडा कार्यालय मार्फत नै रकम उपलब्ध गराईने छ ।
नुवाकोट रेडक्रसले बिदुर नगरपालिकाका बाढी प्रभावित १७ सय १० जनालाई नै नगद सहायता उपलब्ध गराउने तयारी गरिरहेको रेडक्रसका जिल्ला सभापति श्रेष्ठले बताए ।

वीपदका समयमा बहुद्धेश्यीय नगद सहायता कार्यक्रम मार्फत उपलब्ध गराईने रकम प्रभावितहरुले सम्मानजनक रुपमा आफ्ना आवश्यकताहरु परिपूर्ति गर्नका लागि प्रयोग गर्न सक्ने र त्यसले उनीहरुको दैनिक जीवनयापन केही हदसम्म भएपनि सहज हुने रेडक्रसको नगद तथा भाैचर सहायता संबन्धि कार्यक्रमका संयोजक भोजराज घिमिरेको भनाई छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया