नुवाकोट जिल्ला लिग फुटवलको उपाधि नुवाकोट युनाईटेड फुटवल क्लबलाई

विदुर खबर २०७६ साउन २५ गते १८:०६

Timure Yatayat Bus

Advertisement

नुवाकोट, नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिताको उपाधि नुवाकोट युनाइटेड फुटवल क्लबले उचालेको छ ।

केहिवेर अघि नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदान बट्टारमा सम्पन्न खेलमा देविघाट जालपा क्लबलाई ५–२ को गोल अन्तरले पराजित गर्दे उपाधिमाथि नुवाकोट युनाइटेड फुटवल क्लबले कब्जा जमाएको हो । नुवाकोट युनाईटेडलाई उपाधि दिलाउन भत्त वहादुर रिमाल र आकाश रानाले समान २÷२ गोल गरे भने सन्तोष थापाले एक गोल गरे । त्यस्तै देविघाट जालपा क्लबको तर्फबाट रञ्जित गुरुङ र मनिष मगरले एक÷एक गोल गरे ।

Advertisement

प्रतियोगिताको उपाधि जितेको नुवाकोट युनाइटेड फुटवल क्लबले ३० हजार रुपैयाँ, कप,मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता भएको देविघाट जालपा क्लबले १५ हजार रुपैयाँ, कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।प्रतियोगितामा नुवाकोट युनाइटेड फुटवल क्लबका आकाश राना सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपरमा सरोज कुमाल र उदयीमान खेलाडी भत्तबहादुर रिमाल घोषित भए भने उत्कृष्ट खेलाडी देविघाट जालपा क्लबका शुसान्त तामाङ घोषित भए । उनीहरु सबैले समान तीन÷तीन हजार रुपैयाँ, शील्ड,मेडल र प्रमाणपत्र हात पारे ।

नुवाकोट फुटवल संघले आयोजना गरेको प्रतियोगितामा १८ क्लबले सहभागिता जनाएका थिए । प्रतियोगिताको उपाधि जितेको नुवाकोट युनाइटेड फुटवल क्लबले प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने नुवाकोट फुटवल संघका महासचिव विष्णु चालिसेले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया