नुवाकोट जिल्ला लिग फुटवल : आज पनि दुई खेल हुँदै

विदुर खबर २०७६ साउन २३ गते ७:१६

Timure Yatayat Busनुवाकोट, नुवाकोटमा जारी नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिता अन्र्तगत आजपनि क्वाटरफाईनल अन्र्तगत आज पनि दुई खेल हुँदैछ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदानमा बट्टारमा दिउँसो सवा तीन बजेपछि पिपलटार फुटवल क्लब र थ्री डि कोलनीले सेमिफाईनल प्रवेशको लागि खेल्नेछन भने अन्तिम क्वाटरफाईनलमा नुवाकोट युनाइटेड विरुद्ध युनिक व्बाईजले प्रतिष्पर्धा गर्नेछ ।

नुवाकोट फुटवल संघले आयोजना गरेको प्रतियोगितामा १८ क्लबले सहभागिता जनाएका छन । यसअघि बुधवार भएको पहिलो क्वाटरफाईनल खेलमा न्य भिजन क्लबले कोलनी युथ सर्कललाई ३–० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो क्वाटरफाईनलमा तप्त युथ क्लबलाई पेनाल्टी सुटआउट मार्फत ३–४ गोल अन्तरले पराजित गदै जालपादेवि युथ क्लब सेमिफाईनलमा प्रवेश गरिसकेको छ ।

Advertisement

प्रतिक्रिया