नुवाकोट जिल्ला लिग : पिपलटार फुटवल क्लव क्वाटरफाईनल प्रवेश

विदुर खबर २०७६ साउन २० गते १९:४३

Timure Yatayat Busनुवाकोट, नुवाकोटमा जारी नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगिता अन्र्तगत सामेबार भएको खेलमा जित हात पार्दे माझिटारको पिपलटार फुटवल क्लब क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदान बट्टारमा सम्पन्न खेलमा वट्टार युवा क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दे पिपलटार फुटवल क्लब क्वाटरफाईनलमा प्रवेश गरेको हो । पिपलटार फुटवल क्लबलाइ जित दिलाउन जर्सि नम्बर १८ का प्रदिप हमालले ह्याट्रिक गरेको पिपलटार फुटवल क्लवका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए । लगातार दोस्रो जित हात पार्दे पिपलटार क्लब क्वाटरफाईनल पुगेको हो । पहिलो खेलमा ज्यु भिजन क्लब रातमाटेसँग २–० गोलको हार व्यहोरेको पिपलटारले दोस्रो खेलमा तादी त्रिशुली युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

समुह ए बाट न्यु भिजन क्लब रातमाटे ९ अंकसहित शीर्ष स्थानमा रहदै अन्तिम आठमा पुगिसकेको छ भने उपविजेताको रुपमा पिपलटार फुटवल क्लबले क्वाटरफाईनलको स्थान पक्का गरेको हो ।

Advertisement

प्रतिक्रिया