नुवाकोट चेम्बरको भ्रमण सम्पन्न,बंगलादेशी उद्योगीलाई नुवाकोट भ्रमणको निम्तो

विदुर खबर २०७६ साउन १६ गते १८:४०

Timure Yatayat Busनुवाकोट, चेम्बर अफ कर्मस नुवाकोटसहित पोखरा, तिलोत्तमा,गोरखा र दमकका पदाधिकारीहरुको दुई दिने भारतको व्यवसायिक अवलोकन भ्रमण सम्पन्न भएको छ ।

Advertisement

नेपाल चेम्बर अफ कर्मस पोखराका अध्यक्ष किसान सुनारको नेतृत्वमा नुवाकोटसहित पाँच जिल्ला चेम्बरका ३८ सदस्यीय टोली कोलकोतामा संचालित कन्फिडेरेसन अफ वेष्टवंगाल टे«ड एसोसियसन ईस्र्टन इन्डिया ट्रेड समिट २०१९ मा सहभागिता भएको थियो । गत असार ३० र ३१ गते सम्पन्न अम्मोलनमा औधोगिक एवं व्यापारीक प्रतिनिधिमण्डलको नुवाकोटबाट चेम्बरका अध्यक्ष कविन्द्रमान प्रधानले नेतृत्व गरेका थिए ।
नेपाल चेम्बरको उत्त टोलीसँग नियमित सहकार्यसँगै शिखर सम्मेलन,मेला,प्रर्दशनी लगायतको विविध कार्यहरु हुँदै आएको नुवाकोट चेम्बर अफ कर्मसका अध्यक्ष कविन्द्रमान प्रधानले बताए । त्यस्तै भारतिय पक्षले पनि नेपालमा हुने मेला तथा महोत्सवमा भाग लिदै आएको प्रधानले जानकारी दिए ।

सम्मेलनको मुख्य उदेश्यमा उद्योगी व्यवसायीहरुबिच आपसी सम्बन्ध वृदि, व्यवसायिक अनुभव आदानप्रदान लगायत रहेका छन । शिखर सम्मेलन र मेलामा नेपाल चेम्बर अफ कर्मस सर्पाेटिङ पार्टनरको रुपमा सहभागि भएको हो । त्यस्तै नुवाकोट चेम्बर अफ कर्मसका अध्यक्ष कविन्द्रमान प्रधानले बंगलादेश चेम्बर अफ कर्मसका डाइरेक्टरसँग भेटघाट समेत गरेका थिए । भेटघाटको क्रममा प्रधानले नुवाकोटमा लगानीको लागि आग्रह गरेको नुवाकोट चेम्बर अफ कर्मसले जानकारी दिएको छ । अध्यक्ष प्रधानले भेटघाटको क्रममा बंगलादेशी उद्योगी र व्यापारीलाई नुवाकोट भ्रमणको समेत निम्ता दिएका थिए ।

Advertisement

प्रतिक्रिया