नुवाकोट जिल्ला लिग : नुवाकोट युनाइटेडको शानदार शुरुवात
विदुर खबर
२०७६ साउन १२ गते १७:४८

नुवाकोट, नुवाकोटमा जारी नुवाकोट जिल्ला लिग फुटवल प्रतियोगितामा नुवाकोट युनाइटेड एकेडेमिले शानदार शुरुवात गरेको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा आईतबार भएको तेस्रो खेलमा जालपादेवि युथ क्लबमाथि ४–० गोल अन्तरले विजयी हुँदै नुवाकोट युनाइटेड एकेडेमिले शानदार शुरुवात गरेको हो ।
१८ ओटा क्लबले सहभागिता जनाएको प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाईने नुवाकोट फुटवल संघका अध्यक्ष दिपक चित्रकारले बताए । १८ ओटा क्लबलाई चार समुह बनाईको छ । समुहका प्रत्येक विजेता र उपविजेता अघिल्लो चरणमा प्रवेश गर्ने नुवाकोट फुटवल संघका माहासचिव विष्णु चालिसेले बताए ।
सम्बन्धित
प्रतिक्रिया