क्विक्स कपको उपाधि जेडि बोर्डिङलाई,चन्द्रज्योति ४–२ गोल अन्तरले पराजित

विदुर खबर २०७६ साउन ९ गते १८:१९

नुवाकोट , नुवाकोटमा संचालन भएको क्विक्स कप अन्तर माध्यामिक विद्यालय फूटबल प्रतियोगिताको उपाधि जेडि बोर्डिङले हात पारेको छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा विहीबार साँझ सम्पन्न खेलमा चन्द्रज्योति माध्यामिक विद्यालयलाई ४–२ गोल अन्तरले पराजित गर्दे जेडि बोर्डिङले उपाधिमाथि कब्जा जमाएको हो । तर खेलको पहिलो हाफको सात मिनमै दुई गोल गरेर चन्द्रज्योति माविले खेलमा अग्रता लिएको थियो ।
त्यसपछि खेलमा लगागत चन्द्रज्योतिको पोष्टमा आक्रमण गरेको जेडिले लगातार दुई गोल गेपछि पहिलो हाफमा खेल बराबरीमा सकिएको थियो ।

खेलको दोस्रो हाफमा निकै उत्कृष्ट खेल प्रर्दशन गरेको जेडि बोर्डिङले थप दुई गोल गर्दै खेल ४–२ गोलअन्तरले आफ्नो पक्षमा पार्न सफल भयो । प्रतियोगिताको उपाधि विजेता जेडि बोर्डिङ र उपविजेता चन्द्रज्योति माध्यामिक विद्यालयलले ट्रफी,मेडल र प्रमाणपत्र पाएका छन । प्रतियोगिताको विजेता जेडि बोर्डिङले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।

Advertisement

प्रतिक्रिया