तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
नुवाकोट। गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको भिषण बाढीका कारण विस्थापित भएका नुवाकोटको तारकेश्वर गाउँपालिकाका बाढी पीडितहरूको पुनर्वासका लागि एकीकृत बस्ती निर्माण प्रक्रिया सुरु भएको छ।

आइतबार बसेको गाउँपालिकाको विपद व्यवस्थापन समिति र त्यसलगत्तै बसेको गाउँ कार्यपालिका बैठकले वडा नम्बर २ र ४ मा ७४ वटा पक्की घरसहितको एकीकृत बस्ती निर्माणका लागि दातृसंस्थालाई अनुमति दिने निर्णय गरेसँगै पुनर्वासको काम औपचारिक रूपमा अघि बढेको हो।

नयाँ निर्माण हुने एकीकृत बस्तीअन्तर्गत वडा नम्बर २ को उपल्डी ढुङ्गेपाटो र बिर्ताफाँटमाथि कटर चौतारोमा ३७ घर तथा वडा नम्बर ४ को आँपचौर, बुढीको डाँडा र बल्छेउटारमा ३७ घर निर्माण गरिनेछ।
एकीकृत बस्तीका प्रत्येक घरमा ३ वटा कोठा, ट्वाइलेट र बाथरुमसहितको संरचना बन्नेछ। साथै, ती घरहरूमा खानेपानी र बिजुलीको पूर्ण व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष शिव अधिकारीले भोलिदेखि नै बस्ती निर्माणको आवश्यक प्रक्रिया सुरु गरी द्रुत गतिमा काम अघि बढाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिनुभएको छ।

विपदपछिको पुनर्निर्माण र विस्थापितहरूको पुनर्वासलाई गाउँपालिकाले विशेष प्राथमिकतामा राखेको र अन्य क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि पनि विभिन्न निकायहरूसँग समन्वय भइरहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।

यसअघि गाउँपालिकाले पहिलो चरणमा बाढीबाट अति प्रभावित परिवारहरूलाई तत्काल राहत स्वरूप नगद ५० हजार रुपैयाँ उपलब्ध गराइसकेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’





प्रतिक्रिया