नुवाकोटमा अन्तर विद्यालय फुटवल प्रतियोगिता शुरु

विदुर खबर २०७६ साउन ६ गते १२:१३

नुवाकोट, नुवाकोट फुटवल संघको आयोजनामा सोमबारदेखि कुइक्स कप अन्तर विद्यालय फुटवल प्रतियोतिा शुरु भएको छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा शुरु भएको प्रतियोगितामा जिल्लाका १६ विद्यालयको सहभागिता रहेको नुवाकोट फुटवल संघका सचिव तथा प्रतियोगिताका संयोजक राजकुमार अर्यालले जानकारी दिए । प्रतियोगिताको उद्घाटन गर्दे विदुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठले जिल्लाको खेलकुद विकासको लागि यस्ता प्रतियोगिता महत्वपुर्ण सावित हुने बताए । वडाअध्यक्ष श्रेष्ठले विदुर नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिएको भन्दै निति तथा कार्याक्रममार्फत एक वडा एक खेलकुद मैदान बनाउने कार्यक्रम ल्याइएको बताए । कार्यक्रममा नुवाकोट फुटवल संघका अध्यष दिपक चित्रकारले विद्यालय क्षेत्र ने खेलकुदको जग भएकोले सबै जिल्लामा प्रतियोगिता आयोजना गरेको बताए ।

लिग कम नकआउटका आधारमा संचालन गरिने प्रतियोगिताको विजेताले शिल्ड, फेडल,प्रशंसापत्र पाउनुका साथै प्रदेशमा हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने प्रतियोगिताका संयोजक राजकुमार अर्यालले जानकारी दिए । विहान र साँझ गरेर दैनिक चार खेल खेलाइने आयोजक नुवाकोट फुटवल संघले जाकनारी दिएको छ । प्रतियोगिता आगामी ९ गतेसम्म संचालन हुने नुवाकोट फुटवल संघले बताएको छ ।

Advertisement

प्रतियोगिताको उद्घाटन खेलमा विदुर नगरपालिका वडा नम्बर ५ को चन्द्रज्योती मावि र वेलकोटगढी नगरपालिकाको भृकुटि माविले प्रतिष्पर्धा गरिरहेका छन ।

प्रतिक्रिया