रसुवामा रेडपाण्डा संरक्षणमा चुनौती, चोरी सिकारी नियन्त्रण गर्न समुह गठन

विदुर खबर २०७६ साउन ३ गते १८:५४

        फाइल फोटो ।

रसुवा साउन ३, भोटिया र शेर्पा भाषामा भनिने पुङगुर अर्थात रातो पाण्डाले यो मौसममा बच्चा जन्माउन सुरु गरिसकेको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयको क्षेत्र भित्र पर्ने गोसाईकुण्ड गाउँपालिका–५ ठुलो स्याफ्रु भन्दा माथी चोलाङपार्टी र ढोका चेत खर्क हाब्रेको मुख्य बस्ने ठाउँ हो ।

Advertisement

निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी शिवलाल गैरेका अनुसार जेठको आधा अघि देखी दुई महिना को अवधिको पिरियडमा बच्चा जन्माउने भएकाले अवरोध नगर्न आग्रह गरिएको छ । यस्तै प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले भनिन हाब्रे संरक्षणमा चुनौति रहेका छन् । उनीहरुको मुख्य आहारा बाँसको पात रहेको यो पिरियडमा उनिहरुको एरिया भित्र मात्र नजानु भनिएको हो ।उक्त क्षेत्रमा गाउँले हरुलाई आवतजावत गर्न घाँस दाउरा नकाट्न भनिएको छ ।उनीहरुको स्वभाव नै लजालु र एकान्तमा बच्चा जन्माउने भएकाले अवरोध नगरी एकदमै शुनसान वातावरण बनाइदिन गाउँ बासीमा आग्रह गरिएको बताइएको छ ।

करिब १५ सय २५ मिटरको उचाइमा पहाडी हावापानी मा हुर्कन यी जाति नेपाल ,चीन ,भुटान , उत्तर पुर्व भारत र उत्तर वर्मामा समेत पाइन्छ ।यस को आयु ८ देखी १० वर्षको हुने हुदा प्राय एकपटकमा ४ वटा सम्म बच्चा जन्माउने गर्छ ।पुषको आधा आधा देखी चैत्रको आधा आधी सम्भ भाले पोथी सँगै बस्ने नत्र प्राय एक्लै रुख चढी वहारेर हिड्ने गर्छ । प्रमुख संरक्षण अधिकृत राना ले भनिन् ठुलो स्याफ्रु बासीले गाउँमा नादाङचे चोरी सिकारी नियन्त्रण समुह गठन गरेको छ ।उक्त समुहले वर्षमा चारपटक गस्ती गर्छ यस क्षेत्रमा डेढ महिना अघि एकै पटक पाँचवटा हाब्रे भेट्रिएको थियो भने त्यहाँका स्थानिय हरु सक्रिय छन् संरक्षणको पाटोमा ।

Advertisement

दुर्लभ वन्यजन्तु तथा वनस्पति को अन्तराष्ट्रिय महासन्धि (साइटिस) अनुसार हाब्रे को विश्वकै लोपन्मुख जनावर भित्र पर्ने भएको ले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार ४० हजार दखी ७५ हजार सम्म जरिवाना गरि एक वर्ष देखी १० वर्ष सम्म कैदको व्यवस्था समेत रहेको सुचना अधिकारी शिवलाल गैरेले बताए । समुहका अध्यक्ष नाक्पुदोर्जे तामाङले समेत आफ्नो तर्फबाट सबै गाउँबासीहरु लाई हाबे्रको बच्चा जन्मने अवधि भर उनिहरुको एरिया भित्र गोठ लान वस्तुभाउ नचराउन समेत आग्रह गरेका छन् ।भने स्वग्र्रिय प्रल्हाद योञ्जनले यही ठाउँ बाट अध्ययन अनुसन्धान गरी हाब्रे पाइने बासस्थानको रुपमा विधा वारिधि गरेका थिए ।

प्रतिक्रिया