खेलकुद क्षेत्रमा विदुर नगरपालिकाले छुट्टायो ३० लाख रुपैयाँ

विदुर खबर २०७६ असार १० गते १०:३६

नुवाकोट असार १०, विदुर नगरपालिकाले पाँचौ अधिवेशनमार्फत खेलकुद क्षेत्रमा ३० लाख रुपैयाँ  विनियोजन गरेको छ ।

Advertisement

मंगलबार नगरपालिकाको पाँचौ अधिवेशनमा आर्थिक वर्ष २०७६÷७७ का लागिे निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाका प्रमुख सञ्जु पण्डितले खेल क्षेत्रमा उत्साहजनक रुपमा बजेट विनियोजन गरेका बताएका हुन ।उनले नगरपालिकालाई खेलकुदको हब बनाउन धेरै बजेट विनियोजन गरेको बताए । निति तथा कार्यक्रम प्रस्तुत गर्दे प्रमुख पण्डितले एक वडा एक सुविधासम्पन्न खेलकुद मैदान निर्माण गर्ने बताए । त्यस्तै वडा नमबर ५ मा प्रस्ताव गरिएको मदन भण्डारी रंगशालाको निर्माणको थालनी यसैबवर्षभित्रबाट हुने बताए ।

त्यस्तै विदुर नगरपालिका वडा ६ मुन्थलास्थित नेपाल विद्युत प्राधिकरणको जग्गा आसपासमाप्देश सरकारको समन्वयमा सुविधा सम्पन्न मैदान निर्माण गरिने छ । नगरपालिकाले जिल्ला भित्र हुने विभिन्न खेलकुद प्रतियोगिताको लागि समग्रमा ३० लाख रुपैयाँ रकम विनियोजन गरेको नगरपालिकाकी उपप्रमुख गिता दाहालले बताइन ।

Advertisement

प्रतिक्रिया