छैठौं राष्ट्रिय साम्बो च्याम्पियनशीपको उपाधि काठमाण्डौलाई

विदुर खबर २०७६ असार ८ गते २:२६

नुवाकोट असार ८, नेपाल साम्बो फेडरेसनले आयोजना गरेको छैठौं राष्ट्रिय साम्बो च्याम्पियनशीप प्रतियोगितामा काठमाण्डौको गोङ्गोबु डोजो टिम च्याम्पियन भएको छ ।

Advertisement

शनिवार काठमाण्डौको नयाँ बजारमा भएको प्रतियोगितामा काठमाण्डाको गोङ्गोबु डोजोले उपाधि उचालेको नेपाल साम्बो फेडरेसनका महासचिव उत्तम श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रतियोगितामा चितवन दोस्रो हुँदा नुवाकोटले तेस्रो स्थान हात पारेको हो । प्रतियोगिताको पुरुषतर्फको २० केजी समुहमा प्रिन्स श्रेष्ठ प्रथम भए भने समिर थापा दोस्रो र स्वर्णिम तेस्रो भए ।

त्यस्तै २५ केजी समुहमा सागरभर्व मर्हजन पहिलो हुँदा पारस थापामगर दोस्रो भए । त्यस्तै ३० केजी समुहतर्फ पुजन बुढामगरले पहिलो स्थान हात पार्दा सिजल मगरले दोस्रो र आयुष वोगटी तेस्रो भए । त्यस्तै ३५ केजी समुहतर्फ प्रमोद श्रेष्ठ पहिलो हुँदा पवन सुनार दोस्रो र रोशन श्रेष्ठ तेस्रो भए । यस्तै ४५ केजी समुहमा संगीत शाह प्रथम,अभिषेक पराजुली दोस्रो र नविन मगरले तेस्रो स्थान हात पारे । त्यस्तै ५५ केजी समुहमा निरज भण्डारीले प्रथम स्थान हात पार्दा विजय शुनार दोस्रो र समिन मल्ल तेस्रो भए । यस्तै ६५ केजी समुहमा महेश्वर मर्हजन पहिलो र अतित शर्माले दोस्रो स्थान हात पारे । त्यस्तै ७० केजीतर्फ कृष्णलाल तामाङ पहिलो,अरभिन कायस्थ दोस्रो र रविन तामाङ तेस्रो भए । महिलातर्फ खुल्ला तौल समुहमा निसा घर्तिमगर पहिलो हुँदा रचना लामा दोस्रो भएभने पुरुष खुल्लातर्फ सिरिष श्रेष्ठ पहिलो,सुदन लामा दोस्रो,सुदिप थापा तेश्रो भए । प्रतियोगितामा महिलातर्फ खेलाडी निसा छन्त्याल र पुरुषतर्फ कृष्णलाल तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

Advertisement

यसअघि प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटिका पुर्व अध्यक्ष धुव्रवहादुर प्रधानले गरेका थिए । उद्घाटन कार्यक्रममा समाजसेवी तथा व्यवसायी अनुजकुमार श्रेष्ठ,राखेपका पुर्व सदस्य नारायण पौडेल लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा विजयी खेलाडीहरुलाई राखेपका सदस्य अस्मिता गुरुङ,नेकपा नुवाकोटका युवा नेता पुर्णलाल श्रेष्ठ,सशस्त्र प्रशरीका एसएसपी केबी वर्माचार्य प्रदिप पाठक , सघका उपाध्यक्ष बाबुराजा महजन,उपाध्यक्ष रमेश पौडेल लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ र राखेपका पुर्व सदस्य नारायण पौडेलले नेपालमा खेल क्षेत्रको धेरै संभावना भएपनि त्यसबाट लाभ लिन नसकेको बताएका थिए ।

ओलम्पिक डे २०१९ को अवसरमा प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ । नेपाली साम्बोलाई जिल्लागत रुपमा पु¥याउन मद्दत पुग्ने भएकोले प्रतियोगिता आयोजना गरेको नेपाल साम्बो फेडरेसनका महासचिव उत्तम श्रेष्ठले बताउनुभयो ।

Advertisement

साम्बो खेलाडीलाई राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीको रुपमा स्थापित गराउने , क्षमता अभिवृद्धि गर्न र नवप्रतिभावान खेलाडीलाई अवसर दिन प्रतियोगिताको आयोजना गरिएको नेपाल साम्बो फेडरेसनले जनाएको छ । खेलमा साम्बो महिला र पुरुष गरी १४ तौल समुहको प्रतिस्पर्धामा १ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया