उप–मेयर कप फुटबल : विदुर नगरपालिकाविरुद्ध धनगढी उप–माहानगरपालीका भिड्दै

विदुर खबर २०७६ असार ७ गते २:३२
फाईल फोटो

                                              फाईल फोटो

नुवाकोट असार ७, राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका फुटबल प्रतियोगितामा अन्र्तगत समुह डी को दोस्रो खेलमा आज विदुर नगरपालिकाविरुद्ध धनगढी  उप–माहानगरपालीकाले प्रतिष्पर्धा गर्नेछ ।

Advertisement

एपीएफको मैदान हलचोकमा दिउँसो ३:३० बजेपछि हुने खेलमा नुवाकोटे चेली उच्च मनोवलका साथ मैदानमा उत्रिँदैछन । विदुर नगरपालिकाको टोली दोस्रो जितको लागि मैदान उत्रने प्रशिक्षक देव चित्रकारले बताए । यसअघिको खेलमा उत्कृष्ट प्रर्दशन गरेको विदुर नगरपालिका दोस्रो जित हात पार्दे सेमिफाईनल नजिक पुग्न चाहान्छ ।

यसअघि बिहिबार पनौती नगरपालिकालाई ६–० गोल अन्तरले पराजित गर्दै विदुर नगरपालिकाले विजयी सुरुवात गरेको थियो । विदुरको जितमा अनु लामाले ह्याट्रिक गरेकी थिइन भने् रञ्जीता राई र रञ्जना दर्जीले एक÷एक गोल प्रहार गरेकी थिइन । प्रतियोगिता अन्र्तगत विदुरले आगामी सोमबार विराटनगर महानगरपालिकासँग प्रतिष्पर्धा गर्नेछ ।

Advertisement

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा १८ नगरपालिकाको सहभागीता रहेको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका समूह विजेता सेमिफाइनल प्रवेश गर्नेछन् ।प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउने असखल नेपाल फुटवल संघले जनाएको छ ।

प्रतिक्रिया