विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्यान्डलाई २० रनले हरायो

नुवाकोट असार ७, एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार रातिको खेलमा इंग्ल्यान्ड श्रीलंकासँग पराजित भएको छ। लिड्समा भएको खेलमा इंग्ल्यान्डलाई श्रीलंकाले २० रनले पराजित गरेको हो।
२३३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४७ ओभरमा २१२ रन बनाउँदै अल आउट भयो। मालिंगाको शानदार बलिङ चम्किएपछि आइसिसी विश्वकप क्रिकेट २०१९ मा घरेलु टोली इंग्ल्यान्ड पराजित हुन पुग्यो। मालिंगाले ४ र धनन्जय दा शिल्भाले ३ विकेट लिएका थिए। १० ओभर बलिङ गर्दै ४३ रन खर्चिएका मालिंगाले सर्वाधिक ४ विकेट लिएका हुन्।
इंग्ल्यान्डका जोफ्रा आर्चर र मार्क उडले ३/३ विकेट लिएका थिए भने आदिल रशिदले २ तथा क्रिस वोक्सले १ विकेट हात पारेका थिए। जो रुट र बेन स्टोकले अर्धशतक प्रहार गरे पनि सफलता पाउन सकेनन्। यो प्रतियोगितामा श्रीलंकाको यो दोस्रो जित हो। ६ खेलबाट २ जितसहित श्रीलंकाले ६ अंनै जोडेको छ भने अंक तालिकामा सुधार गर्दै पाँचौ स्थानमा पुगेको छ।
प्रतिक्रिया