महिला फुटवल टोलीको विदाई, आज पनौती नगरपालिकासँग खेल्ने

विदुर खबर २०७६ असार ५ गते १:१५

नुवाकोट असार ५, अन्तर नगरपालिका स्तरिय महिला फुटवल प्रतियोगितामा सहभागी हुने विदुर नगरपालिकाको महिला फुटवल टिमलाई बुधबार विदाई गरिएको छ ।

Advertisement

अखिल नेपाल फुटबल संघको आयोजनामा काठमाण्डौको हल्चोकमा संचालन भैरहेको प्रतियोगितामा सहभागी हुन जान लागेको विदुर नगरपालिकाको महिला फुटवल टोलीलाई नगरपालिकाका प्रमुख सञ्जु पण्डित,उपप्रमुख गिता दाहाल, जिल्ला खेलकुद विकास समितिका संयोजक वुद्धि प्रधान लगायतले टोलीको विदाई गरेको हो । विदाई कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले उत्कृष्ट खेल खेल खेलेर विदुर नगरपालिकाको नाम उँचो बनाउन खेलाडीहरुलाई आग्रह गरे ।

देशभरका १८ ओटा नगरपालिकाको सहभागिता रहेको प्रतियोगितामा विदुर नगरपालिका समुह डी मा रहेको छ । विदुर नगरपालिकाले पहिलो खेलमा आज पनौती नगरपालिकासँग प्रतिष्पर्धा गर्ने नुवाकोट फुटवल संघका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिए । यस्तै ७ गते धनगढी र ९ गते विराटनगर महानगरपालिकासँग प्रतिष्पर्धा पनेरुले बताए । प्रतियोयगताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने अखिले नेपाल फुटवल संघले जनाएको छ । जेठ ३१ गतेबाट शुरु भएको प्रतियोगिता आगामी १३ गतेसम्म संचालन हुनेछ ।

Advertisement

प्रतिक्रिया