इंग्ल्याण्डद्धारा अफगानिस्तानलाई जितका लागि ३ सय ९८ रनको लक्ष्य प्रस्तुत
नुवाकोट असार ३, इंग्ल्याण्डले घरेलु मैदानमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानलाई जितका लागि ३ सय ९८ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।
म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रनको फराकिलो स्कोर बनायो । इंग्ल्याण्डको फराकिलो स्कोरमा कप्तान इयान मोर्गनले कीर्तिमानी प्रदर्शन गरे । विस्फोटक ब्याटिङ गरेको मोर्गनले ७१ बलमा १४८ रनको शतकीय इनिङ्स खेले । जसमा उनले १७ छक्का प्रहार गरे । जुन एकदिवसीय क्रिकेटको एकै इनिङ्समा एक खेलाडीले प्रहार गरेको सर्वाधिक छक्का हो ।
यस्तै जोय रुट र जोनी बेरस्टोले अर्धशतक बनाए । रुटले ८८ रन बनाउँदा बेरस्टो ९० रन जोडे । आज इंग्ल्याण्ड अफगानिस्तानलाई पराजित गर्दै चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ । ४ खेलमा ३ जित र १ हार व्यहोरेको इंग्ल्याण्डको ६ अंक रहेको छ । चौंथो स्थानमा रहेको इंग्ल्याण्ड अफगानिस्तानलाई हराउँदै शीर्ष स्थानको अष्ट्रेलियासंग अंक बराबरी गर्न चाहन्छ । तर, पहिलो जितको खोजीमा अफगानिस्तानसंग इंग्ल्याण्ड सतर्क रहने छ ।
जारी विश्वकपमा अफगानिस्तान जित निकाल्न नसक्ने एक्लो टिम हो । ४ खेलमा अफगानिस्तानले ४ खेल गुमाएको छ । तर, इंग्ल्याण्डलाई हराउँदै अफगानिस्तान पहिलो जित निकाल्न चाहन्छ । यसअघि दुईबीचको एक भेटमा इंग्ल्याण्ड ९ विकेटले विजयी भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया