विदुर उपमेयर कप रााष्ट्रिय महिला भलिवल प्रतियोगिता आजबाट शुरु

नुवाकोट जेठ ३०, विदुर नगरपालिकाको आयोजना,जिल्ला खेलकुद विकास समितिको समन्वय तथा नुवाकोट भलिवल संघको सहयोगमा आजबाट प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताको उद्घाटन संघिय संसदका उपसभामुख शिवमाया तुम्वाहाम्फे र सांसद नारायण खतिवडाले गर्ने आयोजकले बताएको छ । जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा हुने प्रतियोगितामा आयोजक विदुर नगरपालिका,ज्यु डाइमण्ड एकेडेमी नैकाप, सिन्धुपाल्चोक भलिव टिम र न्यु पारामाउन्ट वोर्डिङ स्कल कुलेश्वरले सहभागिता जनाउनेछन । त्यस्तै विभागिय टोलीहरु त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ र नेपाल पुलिस क्लबले पनि प्रतियोगितामा सहभागिता जनाउने बुधबार पत्रकार सम्मेलनमार्फत जनाकारी गराइएको छ ।
प्रतियोगिताको लागि विदुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शनि चित्रकारलाई प्रतियोगिताको संयोजकको रुपमा जिम्मा दिइएको छ । प्रतियोगिताकासबै तयारी पुरा भएको प्रतियोगिताका संयोजक शनि चित्रकारले जानकारी दिए ।
प्रतियोगिता उपाधि जित्ने टोलीले एकलाख ५० हजार रुपैयाँ कप, स्वर्णपदक र प्रमाणपत्र पाउनेछन भने दोस्रो हुनेले ७५ हजार रुपैयाँ, कप , रजतपदक र प्रमाणपत्र पाउने विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुदेव पोखरेलले जानकारी दिए छन । त्यस्तै प्रतियोगिताको तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ, कप,कास्य पदक र प्रमाणपत्र पाउने त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ दिइने छ भने बेष्ट स्पाइकर, बेष्ट डिफेन्स,बेष्ट ब्लकर र बेष्ट लिफ्टरलाई समान ५ हजार रुपैयाँ प्रदान गर्ने। विदुर नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख दिवाकर चापाँगाईले बताए । पछिल्लो समयमा विदुर नगरपालिका र जिल्ला खेलकुद विकास समितिले नुवाकोटको विदुर नगरपालिकालाई खेलकुदको हव वनाउन विभिन्न खेलकुद प्रतियोगिता संचालन गरेको जिल्ला खेलकुद विकास समितिका संयोजक वुद्धि प्रधानले बताए । विदुर नगरपालिकाले गतवर्षको निति तथा कार्यक्रममा समावेश गरिएको कार्यक्रम अनुसार नै उपमेयर कप महिला भलिवल प्रतियोगिता संचालन गर्न लागेको विदुर नगरपालिकाको कार्यालयले जानकारी दिएको छ । प्रतियोगिता आगामी असार २ गतेसम्म संचालन हुने छ । प्रतियोगिताको कुल लागत १४ लाख ७० हजार रुपैयाँ रहेको विदुर नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया