‘ए’ डिभिजन लिग मंसिर दोस्रो साताबाट,राष्ट्रिय लिगमा १० टिम खेल्ने

विदुर खबर २०७६ जेठ १८ गते ०:५१

नुवाकोट जेठ १८, अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग आगामी मंसिर दोस्रो सातादेखि गर्ने भएको छ।

Advertisement

एन्फाको शुक्रबार भएको केन्द्रिय समितिको बैठकले आगामी मंसिर १२ देखि ए डिभिजन लिग गर्ने निर्णय गरेको हो।साथै एन्फाले जिल्ला लिगबाट छनोट हुने ७ टिमबीच प्रेसिडेण्ट कप गर्ने पनि निर्णय गरेको छ। प्रेसिडेन्ट कपको मिति टुंगो लागेको छैन।  प्रेसिडेन्ट कपमा ७ प्रदेशका ७ टिमबीच प्रतिस्पर्धा हुनेछ। प्रेसिडेन्ट कपपछि एन्फाले राष्ट्रिय लिग गर्ने निर्णय गरेको छ। राष्ट्रिय लिगमा प्रेसिडेन्ट कपका उत्कृष्ट ४ टिम र ए डिभिजन लिगका उत्कृष्ट ६ टिम गरी १० टिमबीच प्रतिस्पर्धा हुनेछ।

एन्फाले जुनमा संचालन हुने फिफा कंग्रेसको बैठकमा नेपालको तर्फबाट अध्क्षय कर्माछिरिङ शेर्पाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य पेमा डोल्मा लामालाई पठाउने पनि निर्णय गरेको छ।

Advertisement

प्रतिक्रिया