प्रदेशस्तरिय खेलकुद प्रतियोगितामा नुवाकोट दोस्रो

विदुर खबर २०७६ जेठ १३ गते १:०३

नुवाकोट जेठ १३,,चिल्ड्रेन गेम्स २०७६ अन्र्तगत प्रदेश नम्बर ३ को काठमाण्डौमा आईतबार सम्पन्न प्रतियोगितामा नुवाकोट दोस्रो हुन सफल भएको छ ।

Advertisement

प्रदेश नम्बर ३ का १३ जिल्ला सहभागी भएको प्रतियोगितामा काठमाण्डौ पहिलो भयो भने दोस्रो हुन सफल भयो । प्रतियोगितमा १५ गोल्ड, ६ रजत र एक कास्यसहित काठमाण्डौले पहिलो स्थान हात पारेको हो । त्यस्तै नुवाकोटले ५ गोल्ड, ६ रजत र ४ काश्य प्राप्त गरेको जिल्ला खेलकुद विकास समतिले जानकारी दिएको छ । त्यस्तै तेस्रो भएको भत्तपुरले ४ गोल्ड,८ रजत र एक काश्य पदक प्राप्त गरेको छ ।

नुवाकोटको लागि एथलेटिक्समा २ गोल्ड, ३ रजत र १ काश्य, तेक्वान्दोबाट २ गोल्ड, १ काश्य, उुसुबाट एकगोल्ड २ रजत, कराँतबाटे एक रजत, २ काश्य प्राप्त गरी ५ गोल्ड, ६ रजत ४ काश्य प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ । प्रतियोगितामा नुवाकोटबाट ८ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।

Advertisement

प्रतिक्रिया