स्मिथको शतक, अस्ट्रेलियाले इंग्ल्यान्डलाई हरायो

विदुर खबर २०७६ जेठ १२ गते २:४३

नुवाकोट जेठ १२, आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअघि भएको वार्मअप खेलमा आयोजक इंग्ल्यान्डमाथि अस्ट्रेलियाले १२ रनको जित हात पारेको छ।

Advertisement

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ९ विकेटको क्षतिमा २ सय ९७ रन जोड्यो। अस्ट्रेलियाका लागि स्टेभिन स्मिथले १ सय १६ रनको योगदान दिए। डेभिड वार्नरले ४३ रन बटुले। बलिङमा इंल्यान्डका लियाम प्लुङकेटले ४ विकेट लिए। २ सय २८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३ बल खेल्न बाँकी छदा २ सय ८५ रनमा अलआउट भयो। इंग्ल्यान्डका लागि जेम्स भिन्सले ६४ रन र कप्तानको भूमिकामा रहेका जेस बटलरले ५२ रन जोडे। बलिङमा अस्ट्रेलियाका बोनरडोफ र रिचार्डसनले २-२ विकेट लिए।

प्रतिक्रिया