नुवाकोटमा उपराष्ट्रपति कप कराँते छनौट प्रतियोगिता सम्पन्न

विदुर खबर २०७६ जेठ ८ गते १:४७

नुवाकोट जेठ ८, दोस्रो उपराष्ट्रपति कप जिल्ला स्तरीय कराँते छनौट प्रतियोगिता सोमबार बट्टारको कर्भटहलमा सम्पन्न भएको छ ।

Advertisement

प्रतियोगितको छात्रतर्फ ३० केजी समुहमा महादेव माध्यामिक विद्यालयका सुजन लामा प्रथम भएका छन भने ३५ केजीमा विन्दुकेश्वर माध्यामिक विद्यालयका रोशन तामाङ प्रथम भए । त्यस्तै ४० केजीतर्फ भिमेश्वर माध्यामिक विद्यालयका अनिश राई पहिलो हुन सफल भए ।

छात्रातर्फ ३० केजी समुहमा मालिका माध्यामिक विद्यालयकी पुुजा लामा प्रथम भइन । त्यस्तै ३४ केजीमा कल्याणकारी विद्या मन्दिरकी प्राश्ना पण्डित पहिलो भइन । यस्तै ३८ केजी समुहमा मालिका माध्यामिक विद्यालयकी प्रनिता तामाङ पहिलो हुन सफल भएको नेपाल सितोरियो कराँते नुवाकोटका मुख्य प्रशिक्षक उत्तम राईले जानकारी दिए । राईका अनुसार प्रतियोगितामा जिल्लाका विभिन्न १३ विद्यालयका ८० भन्दाबढी खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा पहिलो हुन सफल भएकाहरुले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन । प्रतियोगिता जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको हो ।

Advertisement

प्रतिक्रिया