क्यानकाे निर्वाचन प्रक्रिया अघि बढ्यो
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको नयाँ निर्वाचन प्रक्रिया अघि बढेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिको निर्णय अनुसार क्यानको निर्वाचन प्रक्रिया अघि बढेको हो ।
नयाँ विधान अनुसार निर्वाचन गराउने अधिकार पाएको स्वतन्त्र कमिटिले प्रक्रिया अघि बढाउन नसक्दा आईसीसीले गम्भिर ध्यानाकर्षण भएको जनाएको थियो । उसले कमिटिका कानुनी सल्लाहाकार राजेश्वर श्रेष्ठलाई पत्र लेख्दै निर्वाचन प्रक्रियाको बिषयमा प्रश्न समेत गरेको थियो । स्वतन्त्र कमिटिले यसअघि भएका जिल्ला निर्वाचनको कागजपत्र छानविन गरेर नयाँ चुनावी प्रक्रिया अघि बढाउने तयारी गरेको थियो । तर विभिन्न जिल्लाबाट निर्वाचनको काजगपत्र समयमा नआउँदा निर्वाचन प्रक्रिया अवरुद्व बनेको थियो । स्वतन्त्र कमिटिले १९ वटा सदस्य जिल्लालाई पत्र लेख्दै निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । उसले साधारण सभाको बैठक आह्वान गरेर कार्यसमितिको चयन सहित केन्द्र र प्रदेशमा प्रतिनिधि तोक्ने एजेण्डा समेत जिल्ला कमिटिमा पठाएको थियो ।
स्वतन्त्र कमिटिले क्यानका ३९ जिल्ला मध्य २० जिल्लाको निर्वाचनलाई मान्यता दिदै बाँकी १९ जिल्लामा नयाँ निर्वाचन गराउने निर्णय गरेको छ । उसले १२ जिल्लामा नयाँ सदस्यता सहित र ७ जिल्लामा पुरानै सदस्यता सहित निर्वाचन गराउने निर्णय गरेको हो । नयाँ सदस्यता सहित चुनाव गराउने जिल्लामा पर्सा, मकवानपुर, उदयपुर, तनहु, भक्तपुर, ललितपुर, नुवाकोट, इलाम, स्याङजा, झापा, दार्चुला र डोटी रहेका छन् । यस्तै, महोत्तरी, काठमाडौँ, चितवन, मोरङ, कैलाली, सप्तरी र दाङमा भने पुरानै सदस्यता अनुसार निर्वाचन हुनेछ । कमिटिले निर्वाचनको मान्यता दिएको जिल्लामा सर्लाही, बारा, धनुषा, सिराहा, रौतहट, सुनसरी, नवलपुर, कास्की, पाल्पा, नवलपरासी, कपिलबस्तु, बर्दिया, बाँके, सुर्खेत, रुपन्देही, कन्चनपुर, डडेलधुरा, बझाङ, आछाम र बैतडी रहेका छन् । नयाँ सदस्यता सहित निर्वाचन गराउने पत्र पाएका जिल्लाले सात दिन भित्र नयाँ सदस्यताका लागि पत्रिकामा सुचना निकाल्नुपर्नेछ । सुचना निकालिएको १५ दिन भित्र सदस्यता लिन चाहने क्लब वा ब्यक्तिले जिल्ला संघमा निवेदन दर्ता गर्नुपर्नेछ । लगत्तै मापदण्ड पुगेका क्लब वा ब्यक्तिलाई सदस्यता वितरण गरिनेछ । र स्वतन्त्र कमिटिले साधारण सभा आह्वानका लागि नयाँ पत्र पठाउनेछ ।
पुरानै सदस्यता सहित निर्वाचन गराउने जिल्लाले भने पत्र प्राप्त भएको ७ दिन भित्र बैठक बसेर १५ दिनको समयसिमा सहित साधारण सभाको आह्वान गर्नुपर्नेछ । सभाले नयाँ कार्यसमिति चयनसंगै केन्द्र र प्रदेशका लागि प्रतिनिधि समेत छनोट गर्नेछ । स्वतन्त्र कमिटिका कानुनी सल्लाहाकार श्रेष्ठले अधिकांश जिल्ला संघलाई साधारण सभाको आह्वान गर्न आग्रह गर्दै पत्र पठाईएको बताए । ‘धेरै जिल्लामा चिठी पठाईएको छ । केही जिल्लामा बाँकी छ । केही दिन भित्रमा सबै जिल्लामा पत्र पुगिसक्नेछ ।’ उनले भने, ‘अघिल्लो निर्वाचनको कागजपत्रलाई प्रतिक्षा गर्दा समय ढिला हुन पुग्यो । अब सबै जिल्लाको निर्वाचन प्रक्रिया अघि बढेको छ ।’ पुरानै सदस्यता अनुसार निर्वाचन गर्ने म्यानडेट पाएको चितवन जिल्लाले साधारण सभाको मिति समेत तय गरेको छ । चितवनको साधारण सभा जेठ ४ गते तोकिएको छ । स्वतन्त्र कमिटिका सदस्य एलबी क्षेत्रीले सबै पक्षको सहमती अनुसारनै निर्वाचन प्रक्रिया अघि बढेको खेलपाटीलाई बताए ।
‘सरकारले नयाँ विधान अनुसार निर्वाचन गराउने बिषयमा अडान राखेको थियो । तर सहमती अनुसार २०१७ को निर्वाचनको कागजात छानविन गरेर योग्यता पुगेका संघलाई मान्यता दिने सहमती गरियो ।’ उनले थपे, ‘निर्वाचनको कागजात पेश गर्न लामो समय समेत उपलब्ध गराईएको हो । आईसीसी नयाँ निर्वाचनको बिषयमा निकै अघि बढेको छ । पछाडी फर्किएर हेर्ने ठाँउ छैन ।’स्वतन्त्र कमिटिले आइसीसीको पछिल्लो अडिट रिपोर्ट अनुसार पेश्की फस्र्योट नगर्ने पदाधिकारीलाई नयाँ निर्वाचनमा प्रतिनिधि बन्न रोक लगाउने निर्णय गरेको छ । सो निर्णयले प्रथम उपाध्यक्ष बिनोद मैनाली, उपाध्यक्ष दिवाकर घले, सचिव उत्तम कर्माचार्य लगायतका धेरै पदाधिकारी नयाँ निर्वाचनमा प्रतिनिधि बन्न पाउने छैनन् । जिल्ला निर्वाचन सकिए लगत्तै स्वतन्त्र कमिटिले प्रदेश र संघको निर्वाचन प्रक्रिया अघि बढाउनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया