नेपाल साफ च्याम्पियनसिप फुटबलको फाईनलमा

विदुर खबर २०७५ चैत ६ गते ७:२०

नेपाल साफ च्याम्पियनसिप फुटबलको फाईनलमा प्रवेश गरेको छ । श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।

Advertisement

सहिद रंगशालामा नेपालको जितमा रेखा पौडेल, सावित्रा भण्डारी, पुनम जर्घामगर र अनिता बस्नेतले गोल गरे । श्रीलंकाले कडा डिफेन्सको नमुना प्रस्तुत गर्दा नेपालले अग्रताकालागि ४२ औ मिनेटसम्म पर्खन प¥यो । पुजन जर्घामगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन् । सावित्रा भण्डारीको हेड बलमा पुनमले वान टसमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।

७३ औ मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर पारिन् । डिबक्स भित्र अनमार्क रहेकी उनको प्रहारले सिधै पोस्टको जाली चुमेको थियो । ८३ औ मिनेटमा सवित्रा भण्डारीले गोल गर्दै नेपाललाई ३–१ को स्थितीमा पु¥याएकी थिईन् । त्यसको तीन मिनेछ पछाडी रेखाले राष्ट्रिय टिमबाट डेब्यु गोल गर्दै नेपालको जित सुनिश्चित गरिन् ।नेपालले फाईनलमा भारत र बंगलादेशको बिजेतासंग खेल्नेछ ।

Advertisement

प्रतिक्रिया