थाइल्यान्डविरुद्ध युएईको लज्जास्पद हार, नेपाल प्रतियोगिताको उप-विजेता
थाइल्यान्डमा सम्पन्न महिला टि-२० विश्वकपको एसियाली छनोटमा बुधबार सम्पन्न दोस्रो खेलमा युएईले थाइल्यान्ड विरुद्ध लज्जास्पद हार बेहोरेपछि नेपाल प्रतियोगिताको उप-विजेता बन्न सफल भएको हो ।
प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न अन्तिम खेलमा थाइल्यान्डले युएईलाई ५० रनले पराजित गरेको हो ।थाइल्यान्डले जितको लागि दिएको १०८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको युएईले १९.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५७ रन बनाउन सकेको थियो ।
जितसङ्गै थाइल्यान्ड विश्वकपको ग्लोबल छनोटको लागि क्वालिफाई भएको छ भने दोस्रो स्थानमा रहदै नेपाल प्रतियोगिताको उप-विजेता बनेको हो । थाइल्यान्डले प्रतियोगितामा खेलेका ६ खेलमध्ये सबै खेलमा जित निकालेको थियो भने नेपालले ६ खेलबाट ५ खेलमा जित निकाल्न सकेको थियो । नेपाल थाइल्यान्डसङ्ग ५७ रनले पराजित भएको थियो ।
नेपाल सहित चिन, मलेसिया , थाइल्यान्ड , युएई , कुवेत र हङकङ गरी प्रतियोगितामा विभिन्न ७ राष्ट्रले सहभागिता जनाएका थिए । प्रतियोगिता गत फेब्रुअरी १८ बाट सुरु भएको थियो । थाइल्यान्डले अब टि-२० विश्वकप र एकदिवसीय विश्वकपको ग्लोबल छनोट खेल्न पाउनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया