महिला क्रिकेटकाे उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने

विदुर खबर २०७५ पुष २७ गते १२:५७

काठमाडौं- थाइल्यान्डमा हुने महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताकाे पहिलाे खेलमा नेपाली महिला टोलीले चीनको सामना गर्ने भएको छ।

Advertisement

शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहने छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङकङ, थाइल्यान्ड, इन्डाेनेसिया, भुटान र म्यानमार छन्।

नेपालले आफ्नो दोस्रो खेल यही पुस २९ गते मलेसियासँग, तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्नेछ भने अन्तिम खेल माघ २ गते थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। समूहमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

Advertisement

नेपाली टोलीमा कप्तानको भूमिका रुविना क्षेत्रीले निभाउने छिन्। उपकप्तानको जिम्मेवारी सीता रानामगरले पाएकी छिन्। त्यसैगरी टोलीका अन्य सदस्यमा करुणा भण्डारी, डोली भट्ट, ममताकुमारी चौधरी, बिन्दु रावल, सरिता मगर र नेरी थापा छिन्।

अन्य खेलाडीमा इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर छन्। वैकल्पिकतर्फ रीताकुमारी कञ्जुनिया, सुमन विष्ट र सवनम राई छिन्।

टोलीको प्रशिक्षकमा पूर्वकप्तान विनोद दास छन्। प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली आजै त्यसतर्फ प्रस्थान गर्ने छ। रासस

प्रतिक्रिया