लाङटाङमा चौरी पालन व्यवसाय घट्यो
रसुवा,रसुवाको पर्यटकिय क्षेत्र लाङटाङमा चौरी पालन व्यवसाय घट्दै गएको छ । २०७२ सालको बिनासकारी भुकम्पले क्षति पुगेको बाटो तथा चौरी खर्क पुननिर्माण नहुदाँ लाङटाङमा चौरी पालन व्यवसाय घट्दै गएको हो ।
बिनासकारी भुकम्पअघि व्यावसायिक चौंरी पालन गर्ने कृषकको संख्या उल्लेखनीय भए पनि बिनासकारी भुकम्पपछि कमी आएको लाङटाङ गोठ समितिको अध्यक्ष तेन्जेन लामाले बताए । उनले भने भुकम्पअघि सम्म चौरी पालन व्यवसाय गर्ने धेरै नै थिए, तर अहिले धेरैले छोडिसके, बिनासकारी भुकम्पसँगै आएको हिउँ पहिरोले लाङटाङका २० जना चौरी पालक कृषकको ज्यान गयो । चार सय भन्दा बढी याक तथा नाक मरे । खर्क जाने बाटो पहिरोले लग्यो । केही खर्क पहिरोले पुरिएपछि व्यावसायिक चौंरी पालनप्रतिको मोहमा कमी आएको लामाले बताए ।
१ सय १६ घरधुरी रहेको लाङटाङमा भुकम्प अघिसम्म १० प्रतिशतले चौरी पालन व्यवसाय गर्ने गरेकोमा अहिले ५ प्रतिशतले मात्र गर्ने गरेको उनको भनाई छ । उनले भने भूकम्प जानुपूर्व ३० वटा गोठ थियो तर अहिले १८ वटा मात्रै गोठ छ, लाङटाङमा करिब ३ सय जति मात्रै चौरी छ,
गोसाईकुण्ड गाउँपालिका ४ थाङस्यापका बाबु तामाङले भुकम्पमा सबै चौरी मरेपछि पेसा परिवर्तन गरेका छन् । चौरी पालन व्यवसाय छोडेर अहिले उनले होटल व्यवसाय सुरु गरेका छन् । दुखि हुदै उनले भने भुकम्पले सबै चौरी मर्यो, त्यसपछि त मन नै मर्यो, त्यहि भएर अहिले होटल व्यवसायतिर लागेको छु,
बाबु मात्रै होईन बिनासकारी भुकम्पले चौरी मरेपछि लाङटाङका अधिकाशं चौरी पालक किसानले पेसा नै परिवर्तन गरेका छन् । अधिकाशंले चौरी पालन व्यवसाय छोडे होटल व्यवसाय तिर आकर्षित हुन थालेका छन् ।
बिनासकारी भुकम्प यता चौंरी पालन व्यवसायको आकर्षण घटेसँगै यो व्यवसाय नै संकटमा पर्दै जाने हो कि भन्नेमा लाङटाङ गोठ समितिको अध्यक्ष तेन्जेन लामाले चिन्ता व्यक्त गरे । उनले भने हाम्रो पहिले देखिको पेसा यो, सबैले छोड्दै जाने हो भने त परम्परागत चौरी पालन व्यवसाय संकटमा भन्ने दिन आउन पनि सक्छ, त्यसैले यसको समाधान के हो यसतर्फ सम्बन्धित निकाय लाग्नुपर्ने देखिन्छ,
चौरी पाल्ने क्षेत्रमा बाटो मर्मत नहुनु, खानेपानी तथा चरन क्षेत्रको अभाव हुनुले पनि चौरी पालन व्यवसायमा कमि आएको कृषकहरुले बताएका छन् ।
चौरी पालन व्यवसायी घटेसँगै नेपालको तेस्रो गन्तव्यको रुपमा परिचित लाङटाङमा चिज उत्पादनमा सकेत कमि आएको छ । बिनासकारी भुकम्प अघिसम्म ५ हजार चीज उत्पादन गर्दै आएको लाङटाङ चीज उत्पादन केन्द्रले यो बर्ष ७ सय केजी मात्रै चिज उत्पादन गरेको केन्द्रले जनाएको छ । गत वर्ष २ हजार ८ सय केजी चीज उत्पादन गरेको थियो । बर्षेनी चिज उत्पादनमा कमि आएको बताइएको छ । बिशेषगरि जिल्लाको गोसाईकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा चौरी पाल्ने गरिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया