रसुवा बाढीको बीमा दाबी झन्डै १ अर्ब पुग्यो

नुवाकोट । गत असार २३ गते रसुवामा आएको भीषण बाढी पहिरोका कराण भएको क्षतिको बीमामा झन्डै १ अर्ब रुपैयाँको दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणले शुक्रबार अद्यावधिक गरेको विवरण अनुसार ११ वटा बीमा कम्पनीमा ७८ वटा दाबीमा ९८ करोड ५९ लाख ८२ हजार १ सय ५६ रुपैयाँ बराबरको दाबी परेको हो । तथ्यांकअनुसार हिमालयन एभरेस्ट इन्स्योरेन्समा सर्वाधिक ५५ करोड रुपैयाँबराबरको दाबी परेको छ। यो २ वटा बीमा दाबीको हो।
यसैगरी शिखर इन्स्योरेन्समा १५ वटा दाबीको १६ करोड ९६ लाख रुपैयाँबराबर दाबी पेश भएको छ। नेपाल इन्स्योरेन्समा १६ वटा दाबीको ८ करोड ७३ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्समा ६ वटा दाबीको ६ करोड ८४ लाख रुपैयाँ, नेको इन्स्योरेन्समा ५ वटा दाबीको ५ करोड ६७ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीमा २ वटा दाबीको २ करोड ६५ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा दाबीको ९१ लाख रुपैयाँ बीमा दाबी भुक्तानीको माग भएको हो ।
त्यस्तै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १० वटा दाबीबाट ७६ लाख ७० हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६ वटा बीमाबाट ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ वटा दाबीबाट ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा ६ वटा बीमा दाबीबाट २८ लाख रुपैयाँ बीमा दाबी भएको हो ।
सम्पत्ति बीमामा बीमकहरुले ६ वटा दाबीको ६१ करोड ४७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने देखिएको छ। यसैगरी सामुद्रिक बीमातर्फ २२ करोड ४ लाख रुपैयाँ, इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ५ करोड ९५ लाख रुपैयाँ, मोटर बीमा (निजी) तर्फ ५ करोड ५८ लाख रुपैयाँ र मोटर बीमा (सार्वजनिक)तर्फ ३ करोड ५५ लाख रुपैयाँबराबरको बीमा दाबी परेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया