कांग्रेस विदुर नगर सभापतिमा कार्कीको उम्मेदवारी घोषणा
नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विदुर नगर कार्यसमितिको सभापति पदका लागि ताराबहादुर कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

कार्कीले पार्टीका अग्रज नेता, क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि तथा सम्पूर्ण कांग्रेसजनलाई सम्बोधन गर्दै उम्मेदवारी घोषणा गरेका हुन्।
उनले राजनीति केवल पद प्राप्त गर्ने माध्यम नभई जनताको विश्वास र जिम्मेवारी बोकेको क्षेत्र भएको उल्लेख गरेका छन्। नेतृत्व कुर्सीमा बस्ने मात्र नभई कठिन परिस्थितिमा कार्यकर्ताको साथमा उभिने र उनीहरूको हात समाउने जिम्मेवारीसमेत भएको कार्कीको भनाइ छ।
कार्कीका अनुसार उनले २०४९ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेका थिए। त्यसपछि तत्कालीन समयमा २०६४ सालमा नेपाली कांग्रेस भद्रुटार गाविसको इकाई सभापतिको (हाल पन्चकन्या ५)जिम्मेवारीसमेत सम्हालेको उनले बताएका छन्।
नेपाली काङ्ग्रेस पार्टीमा लामो समयदेखि सक्रिय रहँदै गर्दा संगठनात्मक अनुभव र जिम्मेवारीलाई आधार बनाउँदै आफूले विदुर नगर कार्यसमितिको सभापति पदमा उम्मेदवारी घोषणा गरेको कार्कीले बताएका छन्।उम्मेदवारी घोषणा गर्दै उनले पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताको भावना र विश्वासलाई केन्द्रमा राख्ने तथा नेतृत्वलाई जिम्मेवार र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्कीले आफ्नो उम्मेदवारीलाई पार्टीप्रतिको निरन्तर योगदान, अनुभव र जिम्मेवारीलाई थप प्रभावकारी ढंगले अघि बढाउने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
विदुर कांग्रेस सभापतिमा गजुरेलको उम्मेदवारी घोषणा
कांग्रेस विदुर नगर सभापतिमा कार्कीको उम्मेदवारी घोषणा
नेपाली कांग्रेस नुवाकोटको पालिका तथा क्षेत्रिय अधिवेशन स्थगित
उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा





प्रतिक्रिया