बागमती प्रदेशमा एक वर्षमा १,३१९ पर्यटकीय पूर्वाधार निर्माण

विदुर खबर २०८२ भदौ ७ गते ८:१५

नुवाकोट । बागमती प्रदेश सरकारले एक वर्षको अवधिमा १,३१९ पर्यटकीय पूर्वाधार निर्माण गरेको छ।

Advertisement

प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत १३ जिल्लामा ४९६ मन्दिर, २१९ गुम्बा, १५७ पार्क, ५१ पदमार्ग, ३० किरियापुत्री भवन, १९ चर्च, ३ मस्जिदसहित अन्य पूर्वाधार निर्माण तथा व्यवस्थापन गरिएको हो।

हिमाली पर्यटन प्रवर्द्धनका लागि सिन्धुपाल्चोकस्थित डोल्मा खाङ हिमालको आरोहण रुटको अन्वेषण गरिएको छ।

Advertisement

साथै, १५ वर्षे पर्यटन विकास रणनीति, बौद्ध सर्किट अध्ययन, दलित तथा लोपोन्मुख जातिको सांस्कृतिक अभिलेखीकरण, रैथाने खानाको संरक्षण, प्रादेशिक साहित्यिक महोत्सव र प्रविधिमैत्री सूचना केन्द्रहरू स्थापना गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया