गोसाइँकुण्डमा २ लाख २० हजार रुपैँया भेटी सङ्कलन
नुवाकोट । रसुवाको प्रसिद्ध धार्मिक स्थल गोसाइँकुण्डमा जनै पूर्णिमा मेला अवधिभर रु २ लाख बीस हजार एक सय असी रुपैंया भेटी सङ्कलन भएको छ ।

यही श्रावण चौबीस गते सम्पन्न जनै पूर्णिमा पर्वको विशेष मेला भर्न गोसाईंकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी पुजारी मार्फत सङ्कलन भएको हो ।
सङ्कलित भेटी रकम गणना सम्पन्न भएको र रकम बैङ्क खातामा जम्मा गर्न पठाएको छ । नाग पञ्चमी देखि श्रावण चौबीस गते जनै पूर्णिमा पर्वसम्मको अवधिमा करिब दश हजारभन्दा भक्तजनले गोसाइँकुण्डमा स्नान गरेको गोसाईंकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
प्राप्त रकम महादेवको नाममा खोलिएको बैङ्क खातामा जम्मा गरी कार्य समितिको निर्णय बमोजिम गोसाईंकुण्ड क्षेत्रको संरक्षण कार्यमा खर्च हुने बताइएको छ ।
त्यसै गरी गोसाईंकुण्ड जाने यात्रुबाट लाङटाङ राष्ट्रिय निकुञ्जले प्रति ब्यक्ती प्रवेश शुल्क बापत १०० रुपैँया लिँदा यस वर्ष सात हजार आठ सय सतसट्ठी जनाको सात लाख छयासी हजार सात सय रुपैँया सङ्कलन गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । समितिले मन्दिरको आय हरेक वर्ष सार्वजनिक गर्दै आएको छ ।
गत वर्ष २ लाख ५७ हजार भेटी सङ्कलन भएकोमा यस वर्ष केही कम रकम सङ्कलन भएको गोसाईंकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया