ताताेपानी नाकाबाट १ सय ६७ जनाकाे उद्दार

नुवाकोट । भोटेकोशीको बाढीले रसुवाकाे केरुङमा अलपत्र परेका १ सय ६७ जना नेपाली तातोपानी नाका हुँदै नेपाल ल्याइएको छ ।

गत असार २५ गतेको रसुवा स्थित भोटेकोशी बाढीले मितेरी पुल बगाएपछि केरुङका होटल तथा पर्यटन क्षेत्रमा बस्दै आएका नेपालीहरुलाई नेपाल र चीन सरकार, स्थानीय प्रशासन र सरोकारवाला निकायको पहलमा तिब्बतको केरुङबाट नेलाम हुँदै सिन्धुपाल्चोकको तातोपानी नाका ल्याएको हो ।
सिन्धुपाल्चोक हिमालय सिमापार वाणिज्य संघको सहयोगमा ५ वटा सवारी साधन मार्फत उनिहरुलाई काठमाडौँ पठाईएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए ।
केरुङमा विभिन्न पेशा गरी बसेको नेपालीहरु बिरामी पर्न थालेको र कतिपयले अब घर फर्कन पाइँदैन कि भन्ने चिन्ता समेत व्यक्त गरेपछि नेपाल ल्याउने व्यवस्था गरिएको हाे ।
बास्ताेलाका अनुसार नेपाल फर्कनेमध्ये धेरैजसाे रसुवाका रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया